थरुहट तराई पार्टीले तराईका १० जिल्लामा प्रशिक्षण अभियान गर्ने


SAM_4797

काठमाडौं, असार ७ गते । थरुहट तराई पार्टी नेपालले साउन १५ देखि भदौ ८ सम्म १० जिल्लामा पार्टीको संगठन विस्तार तथा प्रशिक्षण अभियान शुरुगर्ने तयारी गरेको छ । तराईको कञ्चनपुरदेखि सुनसरीसम्मको १० जिल्लामा पहिलो चरणको प्रशिक्षण अभियान शुरुगर्ने तयारी भएको पार्टीका सचिव मिनराज चौधरीले बताउनुभयो ।

सचिव चौधरीकाअनुसार वर्तमान समसामयिक राजनीतिक परिस्थिति, संविधानमा भएको विषय र त्यसको कार्यान्वयन, थरुहट र संघीय गठबन्धनको आन्दोलनले उठाएको माग, मुद्दा र सवाललाई प्रशिक्षणको प्रमुख विषय बनाइने छ ।

असार ५ गते काठमाडौंमा बसेको केन्द्रीय बैठकको निर्णअनुसार कार्यक्रम गर्ने तयारी भएको सो पार्टीले जनाएको छ । घोषित कार्यक्रम तालिकाअनुसार साउन १५ र १६ गते वर्दिया, १८ र १९ गते कैलाली, २० र २१ गते कञ्चनपुरमा कार्यक्रम गर्ने सो दलले बताएको छ ।

त्यस्तै, साउन २३ र २४ गते बाँके, २५ र २७ गते दाङ, २९ र ३० गते कपिलबस्तु, ३१ र ३२ गते रुपन्देहीमा कार्यक्रम गर्ने कार्यतालिका बनेको सचिव चौधरीले बताउनुभयो । सोहीअनुसार भदौ १, २ र ३ गते नवलपरासी, ५ गते चित्तवन, ७ र ८ गते सुनसरीमा संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम गर्ने तालिका सो दलले बनाएको छ ।

सचिव चौधरीकाअनुसार वर्तमान समसामयिक राजनीतिक परिस्थिति, संविधानमा भएको विषय र त्यसको कार्यान्वयन, थरुहट र संघीय गठबन्धनको आन्दोलनले उठाएको माग, मुद्दा र सवाललाई प्रशिक्षणको प्रमुख विषय बनाइने छ । प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्षदेखि वरिष्ठ नेतासहितका अन्य पदाधिकारीहरुको सहभागीता रहने सो दलले बताएको छ ।

तपाईको प्रतिक्रिया