राष्ट्रसंघको स्थायी मञ्चको विज्ञ सदस्यमा फुलमान चौधरी निर्वाचित


Fulman

काठमाडौं, असार ८ गते । कञ्चनपुर निवासी फूलमान चौधरी संयुक्त राष्ट्रसंघको स्थायी मञ्चमा विज्ञ सदस्यकोरुपमा तीन वर्षका लागि निर्वाचित हुनुभएको छ । चौधरी सन् २०१७ देखि २०१९ सम्म राष्ट्रसंघको विज्ञ सदस्य भएर आदिबासी जनजातिको मानवाधिकारका सवालमा राष्ट्रसंघसँग समन्वय गर्नुहुनेछ ।

एसिया क्षेत्रका लागि जिम्मेवारी पाउनुभएका चौधरीले जुलाई ८ मा हुन गइरहेको जेनेभा सभामा आदिबासी जनजातिको मानवाधिकार र राष्ट्रियताका विषयमा जानकारी गराउने बताउनुभएको छ । त्यसको तयारीका लागि चौधरीले आउने शनिबार ११ गते काठमाडौंमा आदिबासी जनजाति तथा थारु विज्ञहरुसँग सवालको विषयमा छलफल गर्ने तयारी गर्नुभएको छ ।

“नागरिक समाज संस्थाको सिफारिसअनुसार म राष्ट्रसंघको विज्ञ सदस्यकोरुपमा एसियाबाट छनौट भएको हुँ, जिम्मेवारीलाई सकेसम्म निभाउने प्रयास गर्छु” चौधरीले भन्नुभयो ।

चौधरीले निवेदन दिएको आधारमा प्रतिस्पर्धाबाट छनौट भएको बताउनुभयो । राष्ट्रसंघले पाँचवटा महादेशको प्रतिनिधित्व रहनेगरी विज्ञ सदस्य राख्ने गर्दछ । “नागरिक समाज संस्थाको सिफारिसअनुसार म राष्ट्रसंघको विज्ञ सदस्यकोरुपमा एसियाबाट छनौट भएको हुँ, जिम्मेवारीलाई सकेसम्म निभाउने प्रयास गर्छु” चौधरीले भन्नुभयो ।

राष्ट्रसंघको इकोनोमिक्स एण्ड सोसल काउन्सिलका अध्यक्षले ती विज्ञ सदस्यहरुको नियुक्त गर्ने गर्दछ । यसमा विभिन्न ठाउँबाट गरी १६ जना विज्ञ सदस्य रहने व्यवस्था छ । आदिबासी जनजाति र यहाँको मानवाधिकारको सवालको विषयमा अध्ययन तथा जानकारी गराउने जिम्मेवारी आफूलाई रहेको चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया