सञ्चारमन्त्रीका सल्लाहकारले राजीनामा लेख्दै भने ‘बाइपास गरियो’


Matrika

काठमाडौं, असार ९ गते । सूचना तथा सञ्चार मन्त्रीका प्रेस सल्लाहकार मातृका पौडेलले पदबाट विहिबार राजीनामा दिएका छन्। तर राजीनामा मन्त्रीले स्वीकृत गरिसक्नुभएको छैन ।

सरकारले जेठ ३१ गते गते जारी गरेको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाप्रति असन्तुष्टि जनाउँदै पौडेलले राजीनामा दिएको बताउनुभएको छ । निर्देशिका जारी गर्नुपूर्व आफूसँग समन्वय नगरिएको उहाँको भनाई छ। ‘निर्देशिका बनाउँदा मलाई पूर्णतः बाइपास गरियो, समन्वय गरिएन, यस्तो बेलामा पदमा बसिरहनु उचित नदेखेर नैतिकताले राजीनामा दिएँ’, पौडेलले हमार पहुरा डट कमसँग भन्नुभयो ।

पौडेलले आफ्नो राजीनामाबारे फेसबुकमा स्टाटस लेख्दै भन्नुभएको छ, ‘सूचना तथा सन्चार मन्त्रालयको प्रेस सल्लाहकारबाट राजिनामा दिएको छु। पत्रकारिता कर्ममा पूर्णकालिन पेशेवर हुने नै छु।

पौडेलले आफ्नो राजीनामाबारे फेसबुकमा स्टाटस लेख्दै भन्नुभएको छ, ‘सूचना तथा सन्चार मन्त्रालयको प्रेस सल्लाहकारबाट राजिनामा दिएको छु। पत्रकारिता कर्ममा पूर्णकालिन पेशेवर हुने नै छु।

अनलाइन खबरका डेपुटी सम्पादक समेत रहेनुभएका पौडेल गत वर्ष पुस २२ गते सञ्चारमन्त्री शेरधन राईको सल्लाहकारमा नियुक्त हुनुभएको थियो ।

पौडेल खिलराज रेग्मी नेतृत्वको मन्त्रीपरिषदको अध्यक्ष हुँदा सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलका पनि सल्लाहकार नियुक्त हुनुभएको थियो । गत जेठ ३१ गते बसेको मन्त्रीपरिषदको बैठकले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ जारी गरेको थियो।
निर्देशिका संविधानविपरीत रहेको भन्दै सरोकारवाला क्षेत्रबाट व्यापक विरोध भइरहेको छ ।

एमाले समर्थित पत्रकारको संस्था प्रेस चौतारी नेपालले पनि निर्देशिकाको विरोध गरेको छ । निर्देशिका पत्रकारको हकहितमा नरहेकाले फिर्ता गर्न मन्त्री राईलाई दवाव दिएको छ । उता एमालेको प्रचार विभागले समेत मन्त्रीले गलत काम गरेको आरोप लगाएको छ । पार्टीले मन्त्री राईसँग स्पष्टीकरण लिनसक्ने जनाउ प्रचार विभागले दिएको छ ।

तपाईको प्रतिक्रिया