थरुहट संयुक्त संघर्ष समितिले गर्यो एकघण्टे लालटिन जुलुश प्रदर्शन


SAM_4914

काठमाडौं, असार १२ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले थारुको माग मुद्दा सम्बोधनको मागगर्दै आइतबार नयाँ बानेश्वरमा एकघण्टे लालटिन जुलुश कार्यक्रम गरेको छ ।

समिति अन्तर्गतको मूल आन्दोलन परिचालन कमिटीको आयोजनामा भएको कार्यक्रममा थारु अगुवा तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । टीकापुर घटनामा पक्राउ परेकाहरुको निसर्त रिहाई, झुठामुद्दा खारेज, थारुले उठाउँदै आएको मागको संविधानमा परिचार्जनको माग थारु समुदायले उठाएका छन् ।

कार्यक्रममा बोल्दै सांसद रुक्मिणी चौधरीले थारु समुदायले उठाएको मागको सम्बोधन गर्न सरकार गम्भीर नदेखिएकाले आन्दोलन जारीराख्ने बताउनुभयो । टीकापुर घटनामा पक्राउ परेकाहरुको विनासर्त रिहाई तथा झुठामुद्दा खारेज तत्काल गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

SAM_4909

थारु नेता राजकुमार लेखीले सरकारले थारु, मधेसी, दलित, महिला लगायतका अल्पसंख्यकहरुको मागमुद्दाको सम्बोधन संविधानमार्फत नगरे मुलुकमा अर्को द्वण्द्व निम्तिने चेतावनी दिनुभयो । संविधान संशोधन गरी छुटेका मागहरु सम्बोधन गर्न सरकार तथा नेताहरु तयार भए समस्या समाधान हुने उहाँले बताउनुभयो ।

थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले थारुको माग सम्बोधन गर्नेखालका रहेकाले सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो । टीकापुर घटनासहित कपिलबस्तुमा भएको महिला माथिको बलात्कारको घटनाको उचित छानविन गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

SAM_4903

अपाङ्ग मानवाधिकार महासंघका जगदीशप्रसाद अधिकारीले थारु, अपाङ्गता भएका तथा राज्यबाट पछाडि पारिएका वर्गको अधिकारलाई नयाँ संविधानमा सुनिश्चित् गर्न सरकारसँग माग गर्नुभयो । कपिलबस्तुमा एउट लाटी थारु केटीमाथी सशस्त्र प्रहरीले गरेको बलात्कारको घटनाका निन्दा गर्दै उहाँले छानविन गरी अभियुक्तमाथि कडा कारवाहीको माग गर्नुभयो ।

कार्यक्रममा जयराम पन्जियार, सुमन चौधरी, सरस्वती चौधरी, कानूनलाल चौधरी, सुशीला चौधरी लगायतले थारुको मागबारेमा सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो ।

SAM_4913

संघर्ष समितिले असार २३ गतेसम्म विभिन्न दवावमूलक कार्यक्रमको घोषणा गरेको छ । सो अनुसार आइतबार लालटिन जुलुश प्रदर्शन गरेको हो । सोही प्रकृतिको आन्दोलन आगामी १७ गते सोही ठाउँमा पुनः गरिने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया