काठमाडौं, असार १२ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखकहरुको एक प्रतिनिधि मण्डल पाँच दिने औपचारिक भ्रमणका क्रममा शनिवार काठमाडौँ आइपुगेको छ ।
चिनियाँ लेखक सङ्घ सिर्जना तथा सम्पर्क विभागका महानिर्देशक निबन्धकार–समालोचक फङ स्ये मिङको नेतृत्वमा आएको पाँच सदस्यीय भ्रमण दलमा लिन लान, काओ खाइ, काओ वइ र स्यु फङ सम्मिलित छन् ।
दुई देशबीच साहित्यिक आदान–प्रदान गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएका चिनियाँ लेखकहरुको सम्मानमा प्रतिष्ठानले होटल ¥याडिसनमा विशेष रात्रिभोजको आयोजना गरेको थियो । उक्त अवसरमा चिनियाँ पाहुनाहरुको स्वागत गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भन्नु भयो, ‘बुद्धको देशमा यहाँहरुलाई स्वागत गर्न पाउँदा हामीलाई हर्ष लागेको छ ।
प्रतिनिधि मण्डलका प्रमुख फङले न्यानो स्वागतका लागि आभार व्यक्तगर्दै ‘दुई पक्षीय हितका साथै साहित्यिक एवं सांस्कृतिक उन्नतिका लागि आवश्यकीय कार्यहरु सहित नेपाल र चीनको सम्बन्धलाई अझ सुदृढ बनाउन चिनियाँ लेखक सङ्घ लागिपर्ने बताउनु भयो ।
यस भ्रमणले दुई मित्रराष्ट्रबीच आपसी हितका साथै साहित्यिक एवं सांस्कृतिक सम्बन्ध अझ बलियो र दीर्घकालीन बन्ने हामीले विश्वास लिएका छौँ’ उप्रेतीले भन्नुभयो ।
प्रतिनिधि मण्डलका प्रमुख फङले न्यानो स्वागतका लागि आभार व्यक्तगर्दै ‘दुई पक्षीय हितका साथै साहित्यिक एवं सांस्कृतिक उन्नतिका लागि आवश्यकीय कार्यहरु सहित नेपाल र चीनको सम्बन्धलाई अझ सुदृढ बनाउन चिनियाँ लेखक सङ्घ लागिपर्ने बताउनु भयो ।
प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीकाअनुसार चिनियाँ लेखकहरुलाई भक्तपुर र काठमाडौँका ऐतिहासिक स्थलहरुका साथै बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गराइने छ । मङ्गलवार प्रतिष्ठानमा आयोजना हुने साहित्यिक कार्यक्रममा सहभागी भई चिनियाँ लेखक टोली बुध वार स्वदेश फिर्ता हुने बताइएको छ ।