मदन भण्डारीको ६५ औं जन्मजयन्ती असार १४ गते देशभर मनाइँदै


Madan

काठमाडौं, जननेता मदन भण्डारीको ६५ औं जन्मजयन्ती असार १४ गते भव्यताकासाथ मनाउने तयारी गरिएको छ । हरेक वर्ष जन्मजयन्तीको अवसर पारेर दिइने पुरस्कार पनि सो अवसरमा वितरण गरिने मदन भण्डारी फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण गरिने सो संस्थाका सचिव भेषराज अधिकारीले बताउनुभयो । एकलाख एक रुपिया राशीको सो पुरस्कार कसले पाउने भन्ने घोषणा भने गरिएको छैन । कार्यक्रमकै दिन पुरस्कारको घोषणा गरिने आयोजकले बताएको छ ।

फाउण्डेशनले एमाले सचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा पुरस्कार छनौट समिति गठन गरी सोबारेमा तयारी गरिरहेको सचिव अधिकारीले बताउनुभयो । समाज र देशमा महत्वपूर्ण योगदान पु¥याएका दुई व्यक्तिलाई सो पुरस्कार वितरण गरिदैआएको छ । गतसालको पुरस्कार भुकम्पका कारण वितरण गर्न नसकिएकाले ०७१ र ०७२ सालको पुरस्कार एकसाथ आउने मंगलबार वितरण गरिने फाउण्डेशनले जानकारी गराएको छ ।

यसअघि सो पुरस्कारबाट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र डाममणि पौडेल अध्यक्ष रहेको शहिद पार्क हेटौडाले सो पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ ।

यसअघि सो पुरस्कारबाट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र डाममणि पौडेल अध्यक्ष रहेको शहिद पार्क हेटौडाले सो पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ । जन्मजयन्तीको अवसरमा सो दिन देशभर मदन भण्डारीको जन्मजयन्ती मनाउने तयारी भएको आयोजकले बताएको छ । फाउण्डेशनको विभिन्न ५० जिल्लामा समितिहरु रहेको छ ।

जन्मजयन्तीको अवसरमा विद्यालयस्तरीय वक्तृत्वकला, रक्तदान र खेलकुद कार्यक्रमको आयोजना भइरहेको सो संस्थाका सचिव अधिकारीले बताउनुभयो । सो दिन फाउण्डेशनले मदन भण्डारीको स्मरणमा लेखिएको र विभिन्न संगालो समेटिएको ‘श्रद्धाञ्जलि’ नामक पुस्तक समेत सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा मंगलबार हुने जन्मजयन्ती समारोहमा प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरुको सहभागिता रहने आयोजकले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया