कांग्रेसको अवरोधले प्रधानमन्त्रीले बोल्न पाएनन्, बैठक पुनः अवरुद्ध


NC

काठमाडौं, असार १३ गते । व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षीदलकोरुपमा रहेको नेपाली कांग्रेसले आफ्नो विरोध कायमै राखेपछि सोमबारको संसद बैठक पनि अवरुद्ध भएको छ । भूकम्प पीडितलाई एकमुष्ट दुईलाख रुपियाँ दिनुपर्ने अडानबाट कांग्रेस पछि हटेन ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेकालागि बोलाइएको संसद बैठकमा कांग्रेस नेता डा. रामशरण महतले धारणा राखेपछि कांग्रेस सांसदहरुले बैठकको कार्यविधि अगाडि बढ्न दिएनन् । सभामुख ओनसरी घर्तीमगरले पटक पटक आग्रह गर्दासमेत कांग्रेसका सांसदले विरोध गर्न नछाडेपछि बैठक दिउँसो ३ः३० बजेसम्मका लागि स्थगित भएको हो ।

सो अवसरमा सभामुख घर्तीले कांग्रेस सांसदले उठाउनुभएको मागबारे संसदको ध्यानाकर्षण भई सरकारको समेत ध्यानाकर्षित गरिसकेकाले प्रधानमन्त्रीलाई संसदमा बोल्न दिन आग्रह गर्नुभएको थियो ।

सो अवसरमा सभामुख घर्तीले कांग्रेस सांसदले उठाउनुभएको मागबारे संसदको ध्यानाकर्षण भई सरकारको समेत ध्यानाकर्षित गरिसकेकाले प्रधानमन्त्रीलाई संसदमा बोल्न दिन आग्रह गर्नुभएको थियो । तर कांग्रेस सांसदले माग सुनुवाईको सहमति नहुँदासम्म विरोधको कार्यक्रम फिर्ता नलिने भन्दै अड्डिकसेपछि बैठक अगाडि बढ्न  सकेन ।

सभामुख घर्तीले भन्नुभयो, “समस्याको समाधान गर्ने अर्को कुनै सहज विकल्प छैन, संसद बैठकबाटै समाधान हुन्छ, प्रधानमन्त्रीलाई धारणा राख्न दिएर प्रक्रियाको काम अगाडि बढाउँ ।” प्रक्रियाबाटै समस्याको समाधान गर्न सकिने भन्दै उहाँले कांग्रेसका सांसदहरुलाई सहयोगको अपिल गर्नुभयो । तर कांग्रेस सांसदले सभामुखको सो आग्रहलाई पनि स्वीकार गर्न तयार भएनन् ।

संसदमा धारणा राख्दै पूर्व अर्थमन्त्री तथा कांग्रेस सांसद डा. रामशरण महतले कांग्रेसले उठान गरेको मागको सुनुवाई गर्नमा सरकार गम्भीर नबनेको आरोप लगाउनुभयो । “चौध महिना वित्नलाग्दासमेत सरकारले भूकम्पपीडितको माग सुनुवाई गरेन, पीडितहरु त्रिपालमुनी बस्न बाध्यछन्” भन्दै नेता महतले सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो । संसद अवरुद्ध कांग्रेसको बाध्यता भएको उहाँले प्रष्ट्याउने प्रयास गर्नुभयो ।

“चौध महिना वित्नलाग्दासमेत सरकारले भूकम्पपीडितको माग सुनुवाई गरेन, पीडितहरु त्रिपालमुनी बस्न बाध्यछन्” भन्दै नेता महतले सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।

“अहिलेसम्म पाँच हजारले मात्र पहिलो किस्ता रकम पाएका छन्, यो गतिले जाने हो भने पाँच वर्षमा पनि पुनस्र्थापनाको काम सम्भव हुँदैन” भन्दै नेता महतले भन्नुभयो, “सरकारसँगको सम्झौताको बाटो कुरेर पीडितहरुले आफै घर बनाउन पाएनन् ।” पीडितले धेरै समय धैर्य राख्न नसक्ने भन्दै उहाँले पुनस्र्थापनाको काम युद्धस्तरमा गर्न सरकारसँग आग्रह गर्नुभयो । नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुस्त रकमको मागगर्दै तीन दिनदेखि निरन्तर संसद अवरुद्ध गर्दैआएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्ने तयारीकासाथ आउनुभएको थियो । तर सहमति नभएको भन्दै कांग्रेस संसदले विरोध गर्न नछाडेपछि प्रधानमन्त्रीको बोल्ने वातावरण बन्न सकेन । सत्तारुढ दल नेकपा (एमाले) ले यसअघिको सुशील कोइराला नेतृत्वको सरकारले बनाएको कार्यविधिअनुसार चार किस्तामा रकम दिने नियम बनाइएकाले एकमुस्त रकम दिन नसकिने बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया