मनकारी श्रेष्ठले नगद ५० हजारसहित भेट्टाएको सामान फिर्ता गरिन्


auto-riska

तुलसीपुर, असार १३ गते । तुलसीपुरमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आउनुभएकी एकजना महिलाले आफूले भेट्टाएको नगद ५० हजार रुँपैया फिर्ता गरेर मानवीयता प्रकट गर्नुभएको छ ।

तुलसीपुर ९ बेलुवा निबासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर ६ रजौरा निवासी सीता आचार्यको नगद ५० हजार सहित झोलामा रहेको गरगहना सोमवार विहान फिर्ता गर्नुभएको हो ।

आईतवार बेलुका काठमाण्डौबाट दाङको तुलसीपुर आएकी आचार्यले तुलसीपुरको बिरेन्द्रचोक बाट रजौरा जानकालागि अटोरिक्सा प्रयोग गरेकी थिइन ।

चालक श्रेष्ठले सोमवार विहान तुलसीपुरस्थित अटोरिक्साको डिलर सिस्ने मनि ट्रान्सफरको कार्यालयमा एक कार्यक्रमकाबीच आफूले फेला पारेको नगद सहित गरगहना र महत्वपूर्ण सामान रहेको झोला फिर्ता गर्नुभएको हो ।

कसैले देखेको छैन भन्दैमा कसैको चिजबस्तु लुकाउने वा छिपाउने नियत राख्नु गलत हो, कसैले नदेखे पनि भगवानले हेरिरहनु भएको हुन्छ । आफुले फेला पारेको नगद ५० हजार, गरगहना र महत्वपूर्ण कागजात सम्वन्धित व्यक्तिलाई दिन पाएकोमा सन्तुष्टि भएको श्रेष्ठले बताउनुभयो ।

सामान हस्तान्तरण गर्दै चालक श्रेष्ठले सबैलाई पेशाप्रति इमान्दार बन्न आग्रह गर्नुभयो । ‘सामान हराउँदाको पीडा कस्तो हुन्छ मैले त्यो पीडा राम्रोसंग अनुभब गरेकी छु । भेट्टाए भन्दैमा कसैको पैंसा पनि सित्तैमा खानु पाप हो ।’ श्रेष्ठले सोमवार हिवान रिक्सा सफा गर्दैगर्दा फेला पारेको झोलामा नागरिकता, केहि लत्ताकपडा, गरगहना र औषधि पनि देखेपछि तत्कालै खबर गरेर रकम फिर्ता गर्न मन लागेको बताउनु भयो ।

उहाँले इमान्दारीता सबै भन्दा ठूलो मानविय गुण भएको तर्क गर्दै भन्नुभयो कसैले देखेको छैन भन्दैमा कसैको चिजबस्तु लुकाउने वा छिपाउने नियत राख्नु गलत हो, कसैले नदेखे पनि भगवानले हेरिरहनु भएको हुन्छ । आफुले फेला पारेको नगद ५० हजार, गरगहना र महत्वपूर्ण कागजात सम्वन्धित व्यक्तिलाई दिन पाएकोमा सन्तुष्टि भएको श्रेष्ठले बताउनुभयो ।

यसैबीच आफ्नो नगद ५० हजार र गरगहना सहितको झोला रिक्सा चालक श्रेष्ठले जस्ताको त्यस्तै फिर्ता गरेकोमा आचार्यले उहाँलाई धन्यवाद दिएकी छन् । आचार्यले भनिन् ‘ महिलाहरु साधन चलाउँदा कतिपयले खिस्सि गर्ने गर्छन् तर आजको घटनाले महिलाहरु इमान्दार हुन्छन् अनि दयालु हुन्छन् भन्ने प्रमाणित गरिदिएको छ ।’ उनले यसले समग्र महिलाहरुको इज्जत र प्रतिष्ठा बढाएको टिप्पनी गरिन ।

तपाईको प्रतिक्रिया