स्थानीय चुनावअघि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ: नेता नेपाल


SAM_4935

काठमाडौं, असार १४ गते । पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले तोकेको अवधिमा स्थानीय निकायको निर्वाचनका लागि कसैसँग सम्झौता गर्न नहुने बताउनुभएको छ । निर्वाचन मुलुकको आवश्यकता भएको उहाँले चर्चा गर्नुभयो ।

इन्टरनेशनल कम्युनिष्ट वर्कस् पार्टीको अन्तर्राष्ट्रिय गोष्ठीमा भागलिन भियतनाम जानेक्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरागर्दै नेता नेपालले त्यस्तो बताउनुभयो । “स्थानीय निर्वाचनमा कुनै कम्प्रोमाइज गर्नुहुँदैन, सरकार पनि डराउनु हुँदैन” नेता नेपालले थप्नुभयो, कुन पार्टीको कुन नेताको के समस्या छ ठूलो कुरा भएन, मुलुकको हितका लागि चुनावमा कुनै पार्टीले बाधा अवरोध गर्नु हुँदैन ।”

“स्थानीय निकायको निर्वाचनअघि राष्ट्रिय सहमतिको सरकार गठन हुनसके निर्वाचनका लागि थप सहज वातावरण बन्छ” नेता नेपालले भन्नुभयो, “सहमति बन्नसके अहिलेकै नेतृत्वको सरकारमा कांग्रेस र मधेसवादी दलका नेता सहभागी हुनुपर्छ, नभए जसको नेतृत्वमा राष्ट्रिय सहमति बन्छ त्यसकालागि तयार हुनुपर्छ ।”

“स्थानीय निकायको निर्वाचनअघि राष्ट्रिय सहमतिको सरकार गठन हुनसके निर्वाचनका लागि थप सहज वातावरण बन्छ” नेता नेपालले भन्नुभयो, “सहमति बन्नसके अहिलेकै नेतृत्वको सरकारमा कांग्रेस र मधेसवादी दलका नेता सहभागी हुनुपर्छ, नभए जसको नेतृत्वमा राष्ट्रिय सहमति बन्छ त्यसकालागि तयार हुनुपर्छ ।”

“स्थानीय निकायको निर्वाचन गर्नुपर्छ भनेर मैले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई हिम्मत गर्न भनेको थिएँ, तर उहाँले सक्नुभएन । अहिलेको सरकारले हिम्मत देखाएको छ, तोकिएको समयमा निर्वाचन गर्नुमै मुलुकको निकास छ” नेता नेपालले भन्नुभयो ।

मुलुक संघीय संरचनामा गइसकेकाले त्यसमा कुनै सम्झौता गर्न नहुने भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले कर्मचारीतन्त्रमा कुनै राजनीतिक हस्तक्षेप गर्न नहुने बताउनुभयो । कर्मचारीतन्त्रमा आफ्ना आफन्त, नातागोता र आसेपासेलाई भर्ती गर्ने केन्द्र बन्न दिनुहुँदैन उहाँले भन्नुभयो ।

अर्को प्रसंगमा कुरागर्दै नेता नेपालले कांग्रेसले व्यवस्थापिका संसदमा गरिरहेको अवरोधको कुनै तुक नरहेको बताउनुभयो । “लोकतन्त्रको नाममा औचित्यहिन चरित्र देखाउन सुहाउँदैन, कांग्रेस प्रतिपक्षीसँगै सबैभन्दा ठूलो दल पनि हो, मुलुकको निकासका लागि उसको रचनात्मक भूमिका प्रदर्शन आवश्यक हुन्छ” उहाँले भन्नुभयो ।

संसदको अवरोध हटाउन दलीय संयन्त्र गठन भई छलफल भइरहेकाले चाँडै समस्या समाधान हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । चुनावदेखि कांग्रेस लगायतका दलहरु किन तर्सेका हुन थाहा भएन, तर्सनुपर्ने कुनै कारण म देख्दिन नेता नेपालले भन्नुभयो ।

नेता नेपाललाई विदाइ गर्न एमाले नेताहरु गंगालाल तुलाधर, सरोज उपाध्याय नेपाल, युवा संघ नेपालकी दिलु पन्त लगायतका कार्यकर्ताहरु विमानस्थल पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया