नयाँ शक्ति नेपाल ३० विभागमध्येको दुई विभागमा थारुको नेतृत्व


Nayasakti3

काठमाडौं, असार १४ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पार्टीको ३० वटा विभाग मंगलबार सार्वजनिक गरेको छ । जसमध्ये दुईवटा विभागमा मात्रै थारुको नेतृत्व देखिएको छ ।

पार्टीद्वारा जारी गरिएको विज्ञप्तीअनुसार सदाचार आयोगका संयोजकमा नाथुप्रसाद चौधरी र प्रदेश नम्बर ५ को संयोजकमा सुरेन्द्रप्रसाद थारुले जिम्मेवारी पाउनुभएको छ । यसअघि सुरेन्द्र थारु विजयकुमार गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) पार्टीमा आवद्ध हुनुहुन्थ्यो ।

पार्टीद्वारा जारी गरिएको विज्ञप्तीअनुसार सदाचार आयोगका संयोजकमा नाथुप्रसाद चौधरी र प्रदेश नम्बर ५ को संयोजकमा सुरेन्द्रप्रसाद थारुले जिम्मेवारी पाउनुभएको छ ।

पार्टीका प्रवक्ता खिमलाल देवकोटाले जारी गर्नुभएको विज्ञप्तीमा प्रदेश नम्बर ७ को संयोजकमा लिलादेवी भण्डारी, प्रदेश नं ६ को संयोजकमा भक्तबहादुर शाह, प्रदेश नं. ४ को संयोजकमा वलावती शर्मा, प्रदेश नं. ३ को संयोजकमा गंगानारायण श्रेष्ठ, प्रदेश नं. २ को संयोजकमा महेन्द्र पासवान र प्रदेश नं. १ को संयोजकको जिम्मेवारी पासाङ शेर्पाले पाउनुभएको छ ।

यस्तै, सांस्कृतिक विभागको प्रमुखमा नायिका करिष्मा मानन्धर र पर्यटन विभागको प्रमुखमा अशोक शर्मा चयन हुनुभएको छ । त्यस्तै, राजनीतिक समितिको संयोजकमा डा. बाबुराम भट्टराई र सहसंयाजकको जिम्मेवारीमा रामचन्द्र झा र महेश कोर्मोचा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया