राष्ट्र निर्माणमा सबैको एकतावद्ध प्रयासको खाँचो छः प्रधानमन्त्री ओली


KP-Oli-Samsad-ma

काठमाडौं, असार १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माण कार्यमा सबैको एकतावद्ध प्रयासको खाँचो रहेको बताउनुहुँदै सबैलाई एक ठाउँमा आउन आग्रह गर्नु भएको छ । उहाँले भावावेसमा नआउन दलका नेताहरुलाई आग्रह पनि गर्नुभयो ।

व्यवस्थापिका संसद बैठकलाई बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो आग्रह गर्नुहुँदै प्रतिपक्षीदललाई जिम्मेवार बन्न सुझाव दिनुभयो । “हामीले गर्नुपर्ने काम धेरै छ, समयको चेपमा छौं । यस्तोबेलामा अनावश्यक समस्या नबल्झाउँ” प्रधानमन्त्रीले भन्नुभयो, “सरकारले कार्यविधिअनुसार काम गरेको छ, अझ राम्रो के गर्न सकिन्छ सहमति गरौं, हामी तयार छौं ।”

“हामीले गर्नुपर्ने काम धेरै छ, समयको चेपमा छौं । यस्तोबेलामा अनावश्यक समस्या नबल्झाउँ” प्रधानमन्त्रीले भन्नुभयो, “सरकारले कार्यविधिअनुसार काम गरेको छ, अझ राम्रो के गर्न सकिन्छ सहमति गरौं, हामी तयार छौं ।”

प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेकै बेला कांग्रेस सांसदहरुले अवरोधको प्रयास गर्नुभएको थियो । भूकम्प पीडितहरुलाई प्रदान गर्ने किस्ता रकमको विषयमा प्रधानमन्त्रीले कुरा राख्दैगर्दा कांग्रेस सांसदहरुले असहमति जनाउँदै बैठक अवरुद्धको प्रयास गर्नुभएको थियो । सभामुख ओनसरी घर्तीलाई पटक पटक बैठक साम्य बनाउन सांसदहरुलाई बस्न आग्रह गर्नुपरेको थियो । कांग्रेस सांसदहरुले विरोधगर्दै आफ्नो स्थानमा उभिएर हल्ला गरेका थिए । प्रधानमन्त्री रोष्टममै उभिनुभयो ।

सभामुखको पटक पटकको आग्रहपछि कांग्रेस सांसदहरु आफ्नो ठाउँमा आसनग्रहण गर्नुभएपछि प्रधानमन्त्री ओलीले आफ्नो धारणा सहजरुपमा राख्ने मौका पाउनु भएको थियो । “कांग्रेससँग भएको सहमति र परामर्शअनुसार नै मैले यहाँ धारणा राखिरहेको छु, त्योभन्दा दायाँबायाँ बोलेको छैन, बुझ्नेगरी नेपाली भाषामै बोलेको छुँ” प्रधानमन्त्रीले भन्नुभयो, “मैले त नेपालीमै बोलेको छुँ, कसरी बुझिएन, भएको कुराकानीअनुसार नै बोलेको छुँ ।”

“सानातिना कुरामा अल्झेर नबसौं, प्रतिपक्षीको सबै जायज विषय मान्न सरकार तयार छ, अनि के समस्या भयो ?” जिज्ञासा गर्दे उहाँले भावावेशमा नआउन कांग्रेस सांसदलाई आग्रह गर्नुभयो । पीडित जनतालाई छिटोभन्दा छिटो सहुलियत र अनुदान पु¥याउनेमा कुनै दुईमत छैन भन्दै प्रधानमन्त्री ओलीले अरुलाई दोस लगाएर कोही पन्छिन नसक्ने बताउनुभयो ।

प्रतिपक्षीले उठाएको विषय आफूले बुझ्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले समस्या समाधानतिर जानेबेलामा समस्या बल्झाउनेतिर नलाग्न कांग्रेसलाई आग्रह गर्नुभयो ।

प्रतिपक्षीले उठाएको विषय आफूले बुझ्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले समस्या समाधानतिर जानेबेलामा समस्या बल्झाउनेतिर नलाग्न कांग्रेसलाई आग्रह गर्नुभयो । भूकम्प पीडितहरुलाई सहमतिअनुसार विगतको सरकारले चार किस्तामा सहुलियत दिने कार्यविधि बनाएकोमा काममा ढिलाई हुन्छ भनेर नै वर्तमान सरकारले तीन किस्तामा रकम उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीले प्रष्ट पार्नु  भयो ।

“यसभन्दा पनि उपयुक्त विकल्प कसैको छ भने छलफल र सहमति गरौं, सहमतिअनुसार सरकार अघि बढ्न तयार छ” भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कार्यविधि र दातृ निकायसँग गरिएको सहमतिअनुसार अघि बढ्नुपर्ने बाध्यता छ, दातृनिकायसँग थप छलफल गरेर के गर्न सकिन्छ हामी तयार छौं ।” कार्यविधि परिवर्तन र दातृ निकायसँगको सहमतिअनुसार सरकार अघि बढ्न तयार रहेको बताउँदै “सरकार एउटै किस्तामा दुईलाख रुपिया प्रदान गर्न पनि तयार छ, तर कार्यविधि र निर्देशिकामा भएको व्यवस्थाअनुसार चल्नुपर्ने छ” उहाँले भन्नुभयो ।

“अहिलेसम्म हामीले सँगै बसेर निर्णय गरेका हौं, जे भएको छ सहमतिकासाथ भएको छ, सदन अवरुद्ध गरेर के हुन्छ ? के गर्नुपर्छ गरौं, सरकार तयार छ” भन्नुहुँदै प्रधानमन्त्री ओलीले जनतालाई दिने सहुलियत, सहयोग र अनुदानमा सरकार तयार रहेको बताउनुभयो । संविधानले निर्दिष्ट गरेको काम समयमा गर्नुपर्ने भएकाले मिलेर अगाडि बढन उहाँले आग्रह गर्नुभयो ।

“अहिलेसम्म हामीले सँगै बसेर निर्णय गरेका हौं, जे भएको छ सहमतिकासाथ भएको छ, सदन अवरुद्ध गरेर के हुन्छ ? के गर्नुपर्छ गरौं, सरकार तयार छ” भन्नुहुँदै प्रधानमन्त्री ओलीले जनतालाई दिने सहुलियत, सहयोग र अनुदानमा सरकार तयार रहेको बताउनुभयो ।

पछिल्लो सहमतिअनुसार पहिलो किस्तामा डेढलाख र अर्को किस्तामा ५० हजार दिन सरकार तयार भएको तर त्यस विषयमा पनि दातृ संस्थासँग परामर्श गर्न बाँकी रहेको प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । पुनस्र्थापनाका लागि अहिलेसम्म सातलाख १७ हजार सातसय १८ घरको सर्वेक्षण भएको र ५ लाख ३१ हजार ४५४ घरधुरी अनुदान पाउने सूची तयार भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, सरकारले अहिलेसम्म पुनस्र्थापनाका लागि १२ अर्व ४४ करोड ६८ हजार रुपियाँ विनियोजन गरेको, २४ सय इन्जिनियर खटाइएको, १० हजार सिकर्मी तथा डकर्मिलाई तालिम उपलब्ध गराइएको र थप ३० हजारलाई तालिमको दिने तयारी भएको, १७ वटा घरको ढाँचा तयार गरी पठाइएको प्रधानमन्त्री ओलीले संसद बैठकलाई जानकारी गराउनुभयो ।

बनाइसकेको घर भूकम्प प्रतिरोधी भएमा दुईलाख रुपियाँ सहयोग गराउने सरकारले निर्णय गरेको जानकारी दिनुहुँदै प्रधानमन्त्री ओलीले बुढीगण्डकी डुवान क्षेत्रका पीडितहरुलाई पनि दुईलाख रुपियाँ दिने तयारी भएको बताउनुभयो । तर त्यसबारे मन्त्रीपरिषदले निर्णय गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, २८ वटा सामुदायिक भवन निर्माण गरी हस्तान्तरण भएको, ८ वटा भवन दुई तीन दिनमा हस्तान्तरण गरिने, ४६ वटा सामुहिक भवन १० दिनभित्र तयार भएर वितरण गरिने तयारी भएको प्रधानमन्त्री ओलीले संसद बैठकलाई जानकारी गराउनुभयो । यसभन्दा तिव्रगतिमा काम गर्ने कोहीसँग उपाय छ भने सरकारलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

२८ वटा सामुदायिक भवन निर्माण गरी हस्तान्तरण भएको, ८ वटा भवन दुई तीन दिनमा हस्तान्तरण गरिने, ४६ वटा सामुहिक भवन १० दिनभित्र तयार भएर वितरण गरिने तयारी भएको प्रधानमन्त्री ओलीले संसद बैठकलाई जानकारी गराउनुभयो ।

प्राधिकरणमा कार्यकर्ता भर्तीगर्ने काम नभएको, पारदर्शी तरिकाले काम भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले आशंका नगर्न आग्रह गर्नु  भयो । आस्था र दलीय हिसावले कुनै भेदभाव नभएको र कहिल्यै नगर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले मधेसी मोर्चा सम्बद्ध दललाई वार्तामा आएर समस्या समाधानमा आउन आग्रह गर्नुभयो । वार्ताकालागि सरकारको तर्फबाट दुई पटक पत्र पठाएको स्मरण गराउँदै उहाँले लोकतान्त्रिक प्रक्रियाबाट संसद बैठकबाटै समस्याको समाधान खोज्न आग्रह गर्नुभयो । संसद बैठक वहिष्कार गरेर सडकमा जानु समस्याको समाधान नभएको उहाँले प्रष्ट पार्नुभयो ।

त्यस्तै, प्रधानमन्त्री ओलीले असार ६ गते भएको अफगानिस्तानमा भएको घटनाको दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धासुमन व्यक्तगर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । घाइतेहरुको उपचारको व्यवस्था सरकारले मिलाउने पनि जानकारी दिनुभयो । पीडित परिवारलाई १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय भइसकेको र काबुलबाट शव ल्याउने पैसा कुनै दातृनिकायको नभई सरकारकै तर्फबाट ल्याइएको प्रष्ट पार्नुभयो ।

“सरकारले दतारुकतासाथ जहाज पठायो र शव ल्यायो, सरकारको त्यो संवदेनशीलतालाई पनि ओझेलमा पार्ने केही षडयन्त्र भयो” भन्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकारी सहयोग इन्स्योरेन्समा कट्टा गरेर दिएको हैन, इन्स्योरेन्सको सुविधा छुट्टै प्राप्त हुन्छ ।” सरकारलाई बदनाम गर्नेगरी कुनियतबस हल्ला फिजाइएकाले त्यसको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया