थारु संघर्ष समितिले लालटीन बालेर सडकमै थारु अधिकार खोज्ने !


SAM_4909

काठमाडौं, असार १५ गते । थारु समुदायले उठाउँदै आएको माग मुद्दाको सम्बोधनमा सरकार गम्भीर नबनेपछि थरुहट थारुवान संयुक्त संघर्ष समितिले दिउँसै लालटिन बालेर सडकमै अधिकार खोज्ने भएको छ ।

यसअघि गत आइतबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि लालटीन जुलुश प्रदर्शन गरेको संघर्ष समितिले आउने शुक्रबार पुनः सोही ठाउँमा लालटिन बालेर अधिकारको खोजी गर्ने तयारी गरेको हो । टीकापुर घटनामा पक्राउ परेकालाई तत्काल रिहाइ गर्नुपर्ने, झुठामुद्दा खारेज गरिनुपर्ने, थरुहट क्षेत्र समेटेर प्रदेश निर्माण गरिनुपर्ने, राज्यको सबै संयन्त्रमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको मागगर्दै थारु समुदाय लामो समयदेखि आन्दोलनमा छ ।

थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले माग मुद्दा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । शुक्रबारको आन्दोलनलाई बृहत र सशख्त बनाउनेगरी तयारी भइरहेको उहाँले बताउनुभयो । सो दिन सबै थारुले हात र निधारमा कालो पट्टि बाँधेर लालटिन बालेर प्रदर्शनको तयारी भएको चौधरीले जानकारी दिनुभयो ।

थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले माग मुद्दा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । शुक्रबारको आन्दोलनलाई बृहत र सशख्त बनाउनेगरी तयारी भइरहेको उहाँले बताउनुभयो । सो दिन सबै थारुले हात र निधारमा कालो पट्टि बाँधेर लालटिन बालेर प्रदर्शनको तयारी भएको चौधरीले जानकारी दिनुभयो ।

संघर्ष समितिले असार २३ गतेसम्म दवावको कार्यक्रमहरु यसअघि नै सार्वजनिक गरिसकेको छ । उसको कार्यक्रममा सरकारको कार्यक्रम तथा निर्णयमा सहभागी नहुने, अवज्ञा गर्नेसम्म रहेको चौधरीले जानकारी दिनुभयो ।

गत भदौ ७ गते भएको टीकापुर घटनापछि ८ गते विहान दर्जनबढी थारुको घर र पसलमा आक्रोशित समूहबाट आगजनी गरिएको थियो । तर त्यसको गुनासोसम्म प्रहरीले दर्ता नगरेको पीडितहरुको आरोप छ । त्यस्तै टीकापुर घटनापछि करिब एकसय २३ जनामाथि ज्यानमुद्दा सरकारले लगाएको छ । अहिलेसम्म करिब २५ जनालाई पक्राउ गरी थुनामा राखेको छ भने बाँकीको खोजीकार्य जारीरहेको त्यहाँको प्रशासनले बताउँदै आएको छ ।

थारु संघर्ष समितिले टीकापुर घटना अप्रत्यासितरुपमा थारुको आवरणमा घटाइएको भन्दै घटनाको अस्वीकार गर्दैआएको छ । घटनापछि कैयौं निर्दोष थारुलाई पक्राउ गरी झुठा मुद्दा लगाइएको गुनासो समितिको छ ।

थारु कल्याणकारिणीसभाको आयोजनामा अहिले विरोधको कार्यक्रम एकातिर भइरहेको छ भने अर्कोतिर थरुहट तराई पार्टी नेपाल संघीय गठबन्धनमा आवद्ध भएर रिले अनसनमा छ । दुईतिर भएर आन्दोलन गरेपछि आन्दोलन फितलो भएको महुशस कतिपय थारुको छ । एकअर्काको विरोध गर्ने र आरोप प्रत्यारोपसम्मको अवस्था दुवै पक्षबीच छ । थाकसले यसअघि थरुहट तराई पार्टीका दुईजना नेतालाई संघर्ष समितिबाट निष्काशन गरेपछि तिक्तता शुरुभएको थियो । सो विषयमा अहिलेसम्म दुवैपक्षबीच छलफल हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया