बर्खे झरीकैबीच छाता, लालटिन बोकेर थरुहट संघर्ष समिति सडकमा


3

काठमाडौं, असार १७ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले थारुले उठाउँदै आएको माग सम्बोधनको दवाव दिंदै बर्खेझरीकै बीच लालटिन, छातासहित शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि संघर्ष समितिले लालटिन बालेर, हातमा कालो पट्टि बाँधेर विरोध प्रदर्शन गरेको हो । पानी परेकाले विरोधकर्मीहरु छाता र रेनकोट ओढेर एकघण्टा प्रदर्शन गरेका थिए । यसअघिको निर्णय बमोजिम विरोधको कार्यक्रम गरिएको थारु नेता राजकुमार लेखीले बताउनुभयो ।

असार २३ गतेसम्म विरोध गर्ने बताएको संघर्ष समितिले विभिन्न विरोधको कार्यक्रम यसअघि सार्वजनिक गरिसकेको छ । शुक्रबार विहानदेखि देशभर पानी परेपछि आन्दोलनमा आउने थारु प्रतिनिधिहरुको उल्लेख्य सहभागिता भने थिएन ।

4

संघर्ष समितिले यसअघि १३ र ७ बुँदे माग उठाउँदै सरकारलाई कार्यान्वयनका लागि पेश गरेको छ । सरकारले वार्ताकालागि आव्हान गरेपछि संघर्ष समितिले पाँच सदस्यीय वार्ता टोलीपनि गठन गरेको भएपनि अहिलेसम्म वार्ता हुन सकेको छैन । माग पूरा नहुँदासम्म आन्दोलनको कार्यक्रम जारी राख्ने समितिले बताएको छ ।

1

2

तपाईको प्रतिक्रिया