महिलाको नेतृत्वमा ‘सञ्चार विश्वविद्यालय नेपाल’ स्थापनाको पहल


CJMC ROUGH RENDERING

काठमाडौं, असार १९ गते । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन (सिजेएमसी) ले सञ्चार विश्वविद्यालय नेपाल स्थापनाका निम्ति पहल गरेको छ । सरकारले सञ्चालनको अनुमति दिएमा पत्रकारिता क्षेत्रमा पहिलो निजी विश्वविद्यालयको रुपमा यो स्थापित हुनेछ ।

कलेजकी सञ्चालक प्रन्सिपल डा. मञ्जु मिश्रले पत्रकारिता शिक्षामा आमुल तथा सामसामयिक परिवर्तनका निमित्त पत्रकारिताको एउटा छुट्टै विश्वविद्यालयको स्थापना नभइकन सम्भव नहुने बताउनुभयो । छुट्टै विश्वविद्यालयको स्थापनाले पत्रकारिता शिक्षाका विभिन्न विधा सञ्चालन गर्न सहजहुने विश्वास उहाँको छ ।

सिजेएमसी कलेज पत्रकारिता शिक्षामा अगुवा कलेज हो । २०५७ साल माघ २४ गते विधिवत दर्ताभई स्थापना भएको यस कलेजले १६ वर्षको अबधिमा पाँचसय भन्दा बढी जुझारु, नेतृत्वदायी विद्यार्थी उत्पादन गरिसकेको कलेजले बताएको छ । महिलाको नेतृत्वमा सञ्चालित यस कलेजबाट उत्पादित जनशक्तिहरु विश्वका महत्वपूर्ण स्थानमा नेतृत्वतहमा कार्यरत छन् ।

विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण तथा जनशक्ति, जग्गा, भवन, अध्ययन अध्यापनका लागि चाहिने आवश्यक उपकरणको व्यवस्थापन समेत अन्तिम चरणमा पुगिसकेको डा. मिश्रले जानकारी दिनुभयो ।

कलेज क्षेत्रको पहिलो सिजेएमसी एफ.एम.१०६ मेघाहर्ज रेडियो स्टेशन सञ्चालन गर्दैआएको छ । यस कलेजलाई विश्वविद्यालयमा रुपान्तरण गर्न २०६२ साल पुस १५ गते नेपाल सरकार शिक्षा मन्त्रालयमा निवेदन दर्ता गराएको कुरा प्रिन्सिपल डा. मिश्रले जानकारी दिनुभयो ।

कलेजलाई सञ्चार विश्वविद्यालय, नेपालमा रुपान्तरण गर्न सरकारसँग गरिएको पहलसकारात्मक रहेको जानकारी पनि उहाँले दिनुभयो ।

विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण तथा जनशक्ति, जग्गा, भवन, अध्ययन अध्यापनका लागि चाहिने आवश्यक उपकरणको व्यवस्थापन समेत अन्तिम चरणमा पुगिसकेको डा. मिश्रले जानकारी दिनुभयो ।

सञ्चार प्रविधिले विश्वमै विकासमा फडको मारेको अवस्थामा विश्वविद्यालयको स्थापनाले राष्ट्रको विकासमा अतुलनीय योगदान पुग्ने प्रबल विश्वास कलेजकी प्रिन्सिपल डा. मिश्रको छ ।

तपाईको प्रतिक्रिया