थारु विद्यार्थी समाजको केन्द्रीय अधिवेशन असोज १ र २ गते हुने


Tks

काठमाडौं, असार १९ गते । लामो समयदेखि विवादका कारण केन्द्रीय अधिवेशन सम्पन्न गर्न नसकेको थारु विद्यार्थी समाजको अधिवेशन आगामी असोज १ र २ गते गर्ने निर्णय समाजले गरेको छ । हालै सम्पन्न केन्द्रीय भेलाले अधिवेशन काठमाडौंमै गर्ने निर्णय गरेको हो ।

अधिवेशन तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति र महासचिव चन्द्रप्रसाद चौधरीको संयोजकत्वमा आर्थिक संयोजन समिति गठन गरिएको महासचिव चौधरीले बताउनुभयो ।

गत वर्ष चित्तवनमा भएको महाधिवेशनमा प्रतिनिधिमा विवाद भएपछि लाखौं रुपियाँ खर्चेर पनि समाजले महाधिवेशन सम्पन्न गर्न सकेन । देशभरबाट महाधिवेशनमा भागलिन चित्तवन पुगेका विद्यार्थीहरु मतदान नै नगरी फर्केका थिए ।

गत वर्ष चित्तवनमा भएको महाधिवेशनमा प्रतिनिधिमा विवाद भएपछि लाखौं रुपियाँ खर्चेर पनि समाजले महाधिवेशन सम्पन्न गर्न सकेन । देशभरबाट महाधिवेशनमा भागलिन चित्तवन पुगेका विद्यार्थीहरु मतदान नै नगरी फर्केका थिए ।

थारु विद्यार्थीको छाता संगठनकोरुपमा रहेको समाजमा पछिल्लो केही वर्षयता राजनीतिक प्रभाव चरमरुपमा पर्दैआएको छ । सोहीकारण अधिवेशन गर्नमा समेत समस्या देखिएको छ । केन्द्रकै राजनीतिक प्रभाव उपत्यका समितिमा समेत परेको छ । महिनादिन अघि उपत्यका समितिको अधिवशनमा समेत विवाद हुँदा समानान्तर समिति बनेको थियो । अहिले पनि उपत्यकामा दुई समिति समानान्तररुपमा सञ्चालनमा छन् ।

हालका केन्द्रीय अध्यक्ष चौधरी विजयकुमार गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) मा आवद्ध छन् । अहिले फोरम लोकतान्त्रिक र थरुहट तराई पार्टी नेपालले नेतृत्वका लागि आफ्नो प्रभाव विद्यार्थीमा पार्दैआएका छन् । आगामी नेतृत्वका लागि यी दुई दलबीच नै प्रमुख प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया