विश्वकै मोटो बालक आर्याको तौल दश वर्षमा १९२ किलो कसरी भयो


Moto1

एजेन्सी, इन्डोनेशियाको पश्चिमी जावा प्रान्तको एक दश वर्षीय बालक विश्वको सबैभन्दा मोटा भएको डेली मेलले जनाएको छ। १९२ किलो तौल भएका आर्या पेर्माना विश्वको सबैभन्दा मोटो व्यक्ति भएको खुलेको छ। आर्याले दिनमा पाँच पटक खाना खान्छन् र निकै मोटो भएकाले हिँड्न गाह्रो भए पनि स्कूल जान भने छोडेका छैनन्।

Moto3

‘पेर्माना जन्मदा ३.२ किलो मात्रै थियो। तर, दुई वर्षपछि अकस्मात रूपमा मोटो हुन थालेको थियो,’ उनकी आमाले भनिन्। हाल उनले हरेक दिन एक पटकमा माछा, मासु, सागसब्जी र भातसहित सामान्य मानिसले खाने खानाको दोब्बर खाने गरेका छन् ।

एक दिनमा पाँच पटक खाने गरेका छन्। उनका बुवाआमाले धेरै डक्टरहरूलाई देखाएता पनि हालसम्म मोटो हुनाको कारण पत्ता लगाउन सकेको छैन।

moto5

Moto2

तपाईको प्रतिक्रिया