बाढीको उच्च जोखिममै पठनपाठ गर्न बाध्य छन् रतनपुरका विद्यालय


ram2

राम दहित
रतनपुर, असार २१ गते । टिनको छानो लगाएको एउटा चारकोठे कच्ची घर । टिनलाई खाली काठको टेकोले धानेको छ । ढोका र भित्ता फुटेका छन् । सानो वर्षा हुंदा कक्षा कोठाभित्रै पानीपस्ने स्थिति छ । धनगढी शहरबाट झण्डै ३५ किलोमिटर टाढा रहेको जिल्लाको रतनपुर गाविस स्थित राष्ट्रिय माध्यामिक विद्यालयको दूरावस्था हो यो ।

विक्रम सम्वत २०१४ सालमा रतनपुर–४ भुईयाफा“टामा प्राथमिक तहबाट स्थापना भएको विद्यालयलाई विसं २०६३ सालमा माविमा परिणत गरिएको थियो । पक्की भवनसहित १९ वटा कोठा, चारवटा शौचालय, स्वच्छ खानेपानी, झण्डै एक हजार दुईसयभन्दा बढी विद्यार्थी सो विद्यालयमा अध्ययनरत थिए । रतनपुर, पवेरालगायत गाविसका विद्यार्थीहरु माविमा पढ्न आउ“थे । सिकाई उपलब्धी ६० देखि ७५ प्रतिशतसम्म ल्याउन विद्यालय सफल थियो ।

वि.सं २०६५ साल असोज ४ गते आएको बाढीले गाउ“ बगाएपछि स्कुल झोपडीमा परिणत भयो । सो स्थानका सबै बासिन्दाहरु रतनपुर–७ रामपुर गाउँको नजिकै विद्यालयले सो स्थानमा झोपडीमा प्राथमिकतहको अध्यापन शुरु गर्यो । काठ, बा“स, टिन लगायतका सामाग्री प्रयोग गरी बनाईएको भवन अहिले आठवर्ष पुग्दा जिर्ण अवस्थामै छ ।

ram1

विद्यालयका प्राचार्य देशराज चौधरीकाअनुसार प्रावि तहमा दुईवटा भवन र एक शौचालय छ । शौचालय पक्की छ तर, भवन सबै जिर्ण भईसकेको छ । बालकक्षा लगायत प्रावि तहको एउटै कोठामा दुईवटा कक्षा छ भने आठ दस बेन्च र टेवल छ । एउटै कुर्सीमा बसेर शिक्षकले पालैपालो अध्यापन गराउ“न्छन ।

विद्यालयले २०७२ सालमा मावि तहलाई पनि सोही ठाउ“मा स्थान्तरण गर्यो । जिल्ला शिक्षा कार्यालयले तीनकोठे पक्की भवन निर्माण गरिदिएपछि मावितहलाई सो ठाउ“मा स्थानान्तरण गरेको हो ।

सो विद्यालयलाई दुई ठाउ“बाट कटैनी नदीले घेरेको छ । घेरबार र पर्खाल छैन् । खुल्ला स्थानमा रहेको विद्यालयमा वर्षा हुंदा विद्यार्थीलाई बिदा दिनुपर्ने अवस्था छ । ‘खुल्ला छ वर्षायामको तीन महिना कटैनी नदी पुरै कक्षा भित्र पस्छ’ प्रअ चौधरीले भन्नुभयो ‘तीन महिना विद्यार्थीहरुलाई विदा दिनुपर्छ, जसलेगर्दा सिकाई उपलब्धी पनि घट्दैगएको छ ।’ विद्यालयको अहिले सिकाई उपलब्धी ३५ देखि ४० सम्म मात्र छ ।

ram

आठ वर्षअघि अभिभावक र विद्यार्थीका लागि लोकप्रिय बनेको यो विद्यालयमा आजभोली विद्यार्थीको संख्या घट्दै गएको छ । शैक्षिकसत्र २०७३ मा विद्यालयमा बालकक्षा सहित माविसम्म गरी तीन सय ८० विद्यार्थीमात्र रहेको विद्यालयले जानकारी दिएको छ ।

यता पुरानो बस्तीमा रहेको विद्यालयको पुरानो भवनमा भने कृषकहरुका लागि डेराजस्तै बनेको छ । विद्यालयको प्राङ्गणमा ट्रयाक्टर, डंल्लप, हलो लगायतका सामाग्रीहरु राखिएको छ । खेतीको समयमा खाना पकाउन, डल्लप राख्न विद्यालयको प्राङ्गणले सहजभएको स्थानियहरु बताउछन् । सरस्वती युवाजागरण क्लवका अध्यक्ष चेतराम चौधरीले खेतनजिक कुनै घर नभएकोले स्कूलमा घामपानीबाट बच्नकालागि गाउ“का किसानलाई सहज भएको बताउनुभयो ।

२०६५ सालको कटैनी नदिको बाढीले बस्तीसहित विद्यालयलाई जोखिम पुर्याएपछि विद्यालयलाई रतनपुर–७ रामपुर नजिक रहेको भुईयाँफाँटा नया“बस्तीमा स्थान्तरण गरिएको थियो । तर सो ठाउ“ पनि जोखिममुक्त छैन ।

School

बाढीको उच्च जोखिम भएपछि जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, मर्सिकोर्प र फाया नेपालको आर्थिक सहयोगमा सो विद्यालयको भवन रतनपुर–९, लौववस्ती मा जिल्ला शिक्षा कार्यालयले १९ लाख ९० हजार लागतमा तीन कोठे भवन र जिल्ला विकास समितिले पा“च लाखमा दुई कोठे भवन निर्माण गरेको छ ।

भवनहरु सम्पन्न भएपछि विद्यालयले शैक्षिक सत्र २०७४ देखि कक्षा ६ देखि १० सम्मको कक्षा सो स्थानमा संचालन गर्ने प्राचार्य चौधरीले बताउनुभयो । तर, विद्यालयको प्राथमिकतहमा अध्ययनरत विद्यार्थीहरुले भने अझै बाढीको जोखिममै अध्ययन गर्दैछन् ।

तपाईको प्रतिक्रिया