नेपाल भारतबीच यसअघिभएको सन्धीसम्झौता सच्याउन भारत तयार


EPG

लक्की चौधरी
काठमाडौं, असार २१ गते । नेपाल–भारतबीचको द्विदेशीय सन्धी सम्झौताको अध्ययन पुनरवलोकनका निम्ति गठित प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन्स ग्रुप–इपिजी) को दुईदिने बैठक मंगलबार सकिएको छ । सन् १९५० को मैत्री सन्धीसहित अन्य सन्धी सम्झौताको विषयमा गम्भीर र सकारात्मक छलफलको शुरुवात भएको समूहका सदस्यहरुले बताउनुभएको छ ।

बैठक सकिए लगत्तै समूहमा आवद्ध सदस्यहरुले बैठकमा भएको छलफल र समान धारणाबारे प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई भेटेर जानकारी गराउनुभएको छ । समूहका सदस्यले प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको थियो भने मन्त्री थापालाई भेटन सिंहदरवार जानुभएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा समूहको तर्फबाट छलफलको विषयबारे विस्तृतमा जानकारी भएपछि प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ र ऐतिहासिक बनाउनेगरी प्रबुद्ध समूहले काम गर्ने विश्वास व्यक्त गर्नुभएको उहाँका विदेश मामिला सल्लाहकार गोपाल खनालले जानकारी गराउनुभयो ।

दुई देशको सम्बन्धमा केही तिक्तता देखिएजस्तो गरेपनि त्यस्तो सम्बन्ध विग्रनेखालको कुनै स्थिति सृजना हालसम्म नभएको बताउँदै प्रधानमन्त्री ओलीले बैठकमा भएको छलफल र समूहको योजनाबारेमा चासो राख्नुभएको खनालले गोरखापत्रलाई बताउनुभयो ।

दुईदेशबीचमा भएको यसअघिको सन्धी सम्झौता र त्यसले दुवै देशमा पारेको नकारात्मक तथा सकारात्मक प्रभावका विषयमा मिहिन ढंगले बैठकमा छलफल भएको भएपनि सोबारेमा ठोस निक्र्यौल निस्किनसकेको सदस्यहरुले बताउनुभयो । हरेक तीन महिनामा समूहको बैठक बस्ने कार्यतालिका अनुसार आगामी तीन महिनापछि भारतको राजधानी नयाँ दिल्लीमा बैठक बस्ने समूहका सदस्य निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

बैठकबारे जानकारी गराउनुहुँदै प्रबुद्ध व्यक्ति समूह नेपालका संयोजक डा. भेषबहादुर थापाले सन्धी, सम्झौता, सीमा विवाद लगायतका कुनै विषयलाई नछाडेर गम्भीर छलफल भएको बताउनुभयो । “राजनीति र नेपालको संविधान विषय छाडेर बाँकी सबै सन्धी सम्झौताको विषयमा सकारात्मक ढंगले दुई पक्षीय छलफल भयो” संयोजक थापाले दुवै देशको सरकारले समूहमा हुने छलफलको सीमा निर्धारण गरिदिएकाले राजनीतिक विषयमा प्रवेश नपाएको पत्रकारलाई उहाँले जानकारी गराउनुभयो ।

पत्रकार सम्मेलनमा पत्रकारले नेपालको संविधानका विषयमा भारतीय धारणा र असन्तुष्टिका विषयमा छलफल भए नभएको जिज्ञासा राखेपछि डा. थापाले त्यस्तो बताउनुभयो । “नेपाल र भारत बीचको आपसी हितमा हुने सम्बन्ध सुधारलाई केन्द्रीत गरेर सन्धी सम्झौताको समयानुकुल परिमार्जनका विषयमा दुवै तर्फका सदस्यहरु सकारात्मक धारणा राख्नुभयो” डा. थापाले भन्नुभयो ।

“अरु देशसँग भारतको सम्बन्ध एकैखालको छ तर नेपालको सम्बन्ध देश बीचमात्र हैन, जनता–जनताबीचको छ, त्यसैले पनि दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनेगरी छलफल भएको छ” कोसियारीले पत्रकारलाई जानकारी गराउनुभयो ।

प्रबुद्ध व्यक्ति समूहका भारत तर्फका संयोजक भगतसिंह कोसियारीले नेपालमा धेरैको चासो रहेको सन् १९५० को सन्धी सम्झौतालाई केन्द्रीत गरेर सकारात्मक छलफल भएको जानकारी दिनुभयो । नेपाल र भारतबीचको आफ्नै खालको घनिष्ट सम्बन्ध रहेकाले त्यसलाई थप बलियो बनाउनेगरी छलफल भएको उहाँले जानकारी दिनुभयो । “अरु देशसँग भारतको सम्बन्ध एकैखालको छ तर नेपालको सम्बन्ध देश बीचमात्र हैन, जनता–जनताबीचको छ, त्यसैले पनि दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनेगरी छलफल भएको छ” कोसियारीले पत्रकारलाई जानकारी गराउनुभयो ।

१९५० को सन्धीसहित अन्य सन्धी सम्झौतामा कनेक्टिभिटी, व्यापार तथा पारवाहन, पूर्वाधार निर्माण, सुरक्षा, यातायात, सूचना प्रविधि, र अन्य लगानीको विषयमा समेत बैठकमा छलफल भएको जानकारी दिंदै कोसियारीले नेपाल र भारतबीचको सीमा विवाद अन्त्य गर्नेगरी छलफल शुरुभएको बताउनुभयो । तर सोबारे कस्तो छलफल भएको हो भन्ने उहाँले खुलाउनु भएन ।

प्रबुद्ध व्यक्ति समूह नेपाल तर्फका सदस्य तथा संविधानविद निलाम्बर आचार्यले सन्धी सम्झौताको समयानुकुल परिमार्जनका लागि पहिलो पटक द्विदेशीय पहलले सकारात्मक शुरुवात गरेको बताउनुभयो । “दुई देशबीचको सम्बन्धमा दरार पार्नेखालका विषयवस्तुलाई हटाएर समयानुकुल नयाँ विषयवस्तु त्यसमा थपेर सम्बन्ध अझ प्रगाढ बनाउनेगरी छलफल भएको छ” सदस्य आचार्यले भन्नुभयो ।

समूहको कार्यावधि दुईवर्षको भएकाले सन्धी सम्झौतामा भएको त्रुटी र सुधार्नुपर्ने विषयमा सम्बन्धीत सरोकारवाला पक्षहरुसँग पनि मिहिन ढंगले छलफल हुने बताउँदै आचार्यले निचोड निकालेरमात्रै सरकारलाई प्रतिवेदन बुझाउने बताउनुभयो । हामीले सरकारलाई कार्यान्वयनका लागि सुझावसहितको प्रतिवदन दिने हो, त्यसको कार्यान्वयन दुवै देशको सरकारले गर्ने हो उहाँले भन्नुभयो ।

भारतीय तर्फका सदस्य महेन्द्र पी. लामाले नेपाल र भारतबीचको सन्धी सम्झौता पुरानो भएकाले २१ औं शताब्दीअनुकुल बनाउनेगरी छलफल शुरुभएको बताउनुभयो । “दुई देशबीचको सम्बन्धलाई अरुको सम्बन्धभन्दा बहिंगम र उत्कृष्ट बनाउने हाम्रो लक्ष्य हो, त्यहीअनुसार समूहमा छलफलको शुरुवात भएको छ” उहाँले भन्नुभयो ।

प्रमुख व्यक्ति समूहको भारतीय तर्फका सदस्य महेन्द्र पी. लामाले नेपाल र भारतबीचको सन्धी सम्झौता पुरानो भएकाले २१ औं शताब्दीअनुकुल बनाउनेगरी छलफल शुरुभएको बताउनुभयो । “दुई देशबीचको सम्बन्धलाई अरुको सम्बन्धभन्दा बहिंगम र उत्कृष्ट बनाउने हाम्रो लक्ष्य हो, त्यहीअनुसार समूहमा छलफलको शुरुवात भएको छ” उहाँले भन्नुभयो ।

दुई वर्षका लागि दुवै देशका प्रबुद्ध व्यक्ति सम्मिलित प्रबुद्ध व्यक्ति समूहमा नेपालको तर्फबाट पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा, पूर्व कानूनमन्त्री तथा संविधानविद निलाम्बर आचार्य, अख्तियार अनुसनन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्याय र परराष्ट्रविद एवं एमाले सांसद डा. राजन भट्टराई सदस्य हुनुहुन्छ ।

त्यस्तै, भारतीय तर्फबाट उत्तराञ्चलका पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारी, जयन्त प्रसाद, महेन्द्र पी. लामा र बि.सी. उप्रेती सदस्य रहनुभएको छ । नेपाल र भारतबीचको सन्धी सम्झौताका विषयमा अध्ययन तथा अवलोकन गर्नेगरी गठन भएको यो पहिलो समूह हो । समूहले तयार गर्ने प्रगति प्रतिवेदनको आधारमा दुवै देशको सरकारले त्यसलाई कार्यान्वयन गरी दुई देशबीचको सम्बन्धमा थप सुधार गर्ने आशा गरिएको छ । समूहको बैठक सोमबार र मंगलबार गरी दुईदिन चलेको थियो ।

तपाईको प्रतिक्रिया