स्थानीय कटैनी नदीमा पुल निर्माण नहुँदा सर्वसाधारणलाई सास्ती


Kataini

राम दहित
पवेरा, असार २३ गते । कैलालीको पवेरास्थित कटैनी नदीमा समयमा पुल निर्माण नहुँदा स्थानीयलाई ओहोरदोहोर गर्न निकै समस्या भएको छ ।

नदीमा बाढी आएकोबेला स्थानीयहरु ज्यान जोखिममा राखी ओहोरदोहोर गर्न बाध्य भएका हुन् । पुल निर्माण नहुँदा यहाँका विद्यार्थी, व्यापारी, कर्मचारीलगायत स्थानीयलाई आवतजावत गर्न समस्या भएको रतनपुर गाविस सचिव सन्तोषकुमार चौधरीले बताउनुभयो ।

पुल नबनेकाकारण आफूपनि पीडित भएको भन्दै उहाँ हरेकदिन बाढी आएको नदी टरेर रतनपुर गाविस कार्यालय जानेगरेको दुखेसो सुनाउनुभयो । ज्यान जोखिममा भएपनि काम गर्न त जानै प¥र्यो नि, सचिव चौधरीले भन्नुभयो ।

त्यस्तै पुल निर्माण कम्पनी समयमा पुल निर्माण नगरेपछि यहाँको दुधको कारोवार प्रभावित भएको बताउनुहुन्छ रतनपुर–८ भुईयाँफाँटाका जंगबहादुर चौधरी । उहाँ हरेक दिन बिहानै कटैनी नदी टरेर दुध पु¥याउन हसुलियाबजार आउजाउ गर्नुहुन्छ ।

कटैनी नदीमा समयमा पुल निर्माण नहुँदा यहाँका स्थानीयहरु ढुंगाको भरमा र निर्माणाधिन पुलमा साँघु र डोरी बाधेर झुण्डीएर नदी टर्न बाध्य भएका छन् । जसकाकारण पुल निर्माण कम्पनी र सम्बन्धित निकायप्रति स्थानीयहरु आक्रोशित छन् ।

नेकपा माओवादी केन्द्रका क्षेत्र नं. ३ का इन्चार्ज तथा स्थानीय परशु चौधरी ठेकेदारको चरम लापरवाहीका कारण चालु आर्थिकवर्षमा निर्माण सम्पन्न हुने पुल अधुरै रहेकामा आक्रोश पोख्नु भयो ।

लापरवाही तथा ढिलासुस्ती गर्ने कम्पनीलाई सरकार तथा हुलाकी सडकनिर्माण आयोजना संरक्षण दिँदै गरेको भन्दै उहाँ यहीक्रम जारीरहे निर्माण कम्पनीलाई स्थानीयहरु कारवाही गर्नसक्ने चेतावनी दिनुभयो ।

साढे २ वर्षमा निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखको पुल साढे पाँचवर्ष हुँदा पनि बन्न सकेको छैन । पुल निर्माणको लागि तेस्रोचोटि म्याद थप गरेको छ । तीन करोड चार लाख १० हजार रुपैया लागतमा उक्त पुल निर्माण भईरहेको छ ।

उहाँकाअनुसार समयमा पुल बनाउनु पर्ने स्थानीयको दबाबपछि पुल निर्माण कम्पनी विपी कन्ट्रक्सनका ठेकेदार बद्री सिग्देल आ.व. २०६९÷०७० र २०७०÷०७१ को पवेरा गाविसको गाउँ परिषदमा सार्वजनिकरुपमा माफी मागेका थिए । समयमा पुल निर्माण गर्ने बताए पनि उनले अहिलेसम्म काम पुरा गरेका छैनन् ।

ठेकेदारले पुल निर्माणको चरम लापरवाही गरेको भएपनि सम्बन्धित सरोकारवाला हुलाकी सडक निर्माण आयोजना तथा सडक डिभिजन कार्यालय उक्त कम्पनीको ठेक्का म्याद ठप्न बाहेक केही गर्न सकेको छैन ।

हुलाकी निर्माण आयोजना धनगढी प्रमुख तुरन्त मण्डलले निर्माण कम्पनीको ढिला सुस्तीका कारण समयमा काम पुरा नभएको स्वीकार गरेका छन् । तर बन्द हड्ताल, निर्माण सामग्री अभाव भएकाकारण निर्माण नभएको भन्दै उहाँ उक्त कम्पनीको बचाउ गरेका छन् ।

तर आउने पाँच महिनाभित्र पुल निर्माणको काम पुराहुने उनले आश्वासन दिएका छन् । ठेक्का सम्झौता पश्चात उक्त कम्पनी कटैनीमो ६६ मिटर लामो पुल बनाउन सुरु गरेको थियो । तर साढे २ वर्षमा निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखको पुल साढे पाँचवर्ष हुँदा पनि बन्न सकेको छैन । पुल निर्माणको लागि तेस्रोचोटि म्याद थप गरेको छ । तीन करोड चार लाख १० हजार रुपैया लागतमा उक्त पुल निर्माण भईरहेको छ ।

तपाईको प्रतिक्रिया