थरुहट संघर्ष समितिको आन्दोलन कार्यक्रम सम्पन्न, अर्को पुनः शुरु हुने


1

काठमाडौं, असार २३ गते । थारु कल्याणकारिणीसभाको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिको असार २३ गतेसम्मको आन्दोलनको कार्यक्रम विहिबार सम्पन्न भएको छ । अर्को चरणको आन्दोलन तत्काल शुरु गर्ने तयारी समितिले गरेको छ ।

विहिबारको कार्यक्रममा संघर्ष समितिले नयाँ बानेश्वरस्थित संंसद भवन अगाडि लालटिन बाल्दै हातमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गरेको छ । थारु कल्याणकारिणीसभा, थारु महिला सभा, थारु युवा सभा तथा अन्य थारु संघ संगठनको सक्रियतामा प्रदर्शन गरिएको थाकसका उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो ।

असार २३ गतेसम्मका लागि घोषणा गरेको आन्दोलनको कार्यक्रम सकिएको छ, अब अर्को चरणको आन्दोलनका लागि छलफल गरेर तत्काल घोषणा गरिने उहाँले बताउनुभयो । थारु समुदायले उठाएको माग मुद्दाबारे सरकारले सुनुवाई नगरेपछि आन्दोलन चरणबद्धरुपमा अगाडि बढाउन आफूहरु बाध्य भएको उपाध्यक्ष चौधरीले बताउनुभयो ।

2

थारु समुदायको बहुल जिल्ला मिलाएर तराईमा थरुहट प्रदेशको स्थापना हुनुपर्ने, जनसंख्याको आधारमा राज्यको सबै निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, टीकापुर घटनाको आरोपमा पक्राउ परेका निर्दोस थारुलाई तत्काल रिहाई गरिनुपर्ने लगायतका मागराखी संघर्ष समितिले आन्दोलनको कार्यक्रम गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया