बाबुराम नेतृत्वको नयाँ शक्तिको नमूना वडा कैलालीमा घोषणा

बाबुराम साउन दोस्रो साता कैलालीमा


naya Shakti Kailali namuna wada (1)

हसुलिया (कैलाली) असार २४ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले कैलालीको हसुलिया गाविस वडा नं. १ मानमूना वडा समिति घोषणा गरेको सो पार्टीले बताएको छ ।

उक्त वडाको ‘के’ गाउँका ११ सय घरधुरीका नागरिक नयाँ शक्तिमा आवद्ध भएको नयाँ शक्ति नेपाल प्रदेश नं. ७ का कार्यालय सचिव नृपकुमार बोहराले जानकारी दिनुभयो । शुक्रबार के गाउँमा भएको बृहत भेलाले तीर्थ नेपालको संयोजकत्वमा ५१ सदस्यीय वडा कमिटी समेत घोषणा गरिएको बोहराले बताउनुभयो ।

वडा भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति नेपाल ७ नम्बर प्रदेशकी संयोजक लीला भण्डारीले पटक पटकको राजनीतिक आन्दोलनपछि नयाँ संविधान बनिसकेको सन्दर्भमा अब विकास र समृद्धिको लागि अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । ‘नयाँशक्तिले अबको निकास आर्थिक विकास र समृद्धि सम्भव छ हाम्रै पालामा जस्ता नाराहरु अगाडि सारेर विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेको छ,’ भण्डारीले भन्नुभयो ।

कार्यक्रममा नयाँ शक्तिका कैलाली संयोजक तथा पूर्व सभासद कृष्ण चौधरी, निर्वाचन क्षेत्र नं. ५ का संयोजक नृप बोहरा लगायतको आतिथ्यतामा कार्यक्रम भएको थियो । मुक्तकमैया शिविर र सुकुम्बासी बस्ती रहेको उक्त वडामा साउनको दोस्रो हप्ता नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले स्थानीयसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बोहराले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया