थरुहट संघर्ष समितिले घोषणा गर्यो सत्याग्रह अबज्ञाको कार्यक्रम


tharuhat3

काठमाडौं, असार २४ गते । थरुहट संयुक्त संघर्ष समितिले एकमहिने दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । घोषित कार्यक्रममा असार २४ देखि साउन २३ गतेसम्मको सत्याग्रहदेखि सरकारी कामकाजको भद्र अवज्ञा गर्नेसम्मका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले अवका मितिदेखि सरकारको कुनै पनि सार्वजनिक कार्यक्रममा भाग नलिने, असहयोग गर्ने र भद्र अवज्ञा गर्ने बताएको छ । पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिंदै नेता राजकुमार लेखीले दवावस्वरुप एक महिनासम्म प्रत्येक थारुले हातमा कालोपट्टि बाँँध्ने बताउनुभयो ।

tharuhat2

थरुहट जिल्लाको चोकचोकमा कालो झण्डा झुण्ड्याउने, घरघरमा दिउँसो १२ देखि १ बजेसम्म लालटिन बाल्ने, साउन १५ गते मुखमा कालोपट्टि बाँधेर लालटिन बाल्ने तयारी समितिले गरेको छ ।

थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीका अनुसार असार ३१ गते न्यूरोडको गेटमा लालिटन बाल्ने, साउन ७ गते सिंहदरवारको पूर्वी गेटमा, १४ गते प्रधानमन्त्री निवास बालुवाटार, २१ गते पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि दिउँसो १२ देखि १ बजेसम्म एक घण्टे लालटिन बाल्ने तयारी गरिएको छ ।

सरकारले थारुले उठाएको माग मुद्दाको सुनुवाई नगरे सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा समेत असहयोग गर्ने संघर्ष समितिको चेतावनी छ । थारुका सबै संघ संगठनसँग समन्वय र परामर्श नगरी घोषित कार्यक्रम प्रभावकारी हुनेमा कतिपय थारुको आशंका रहेको छ । यद्यपि आन्दोलनप्रति सबैको समर्थन रहने समितिको दावी छ ।

तपाईको प्रतिक्रिया