स्वदेशमै रोजगारी अवस्था सृजना गर्न उद्यमशीलताको विकास गर्नुपर्ने


intraction 1

कारी महतो
खैरहनी (चितवन) असार २५ गते । खैरहनी नगरपालिकाको रेडक्रस हलमा उद्यमशीलता विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्युट प्रा. लि. बुटवलको प्राविधिक सहयोगमा थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ७ को आयोजनामा भएको कार्यक्रममा निर्मल सिग्देलले सहजीकरण गर्नुभएको थियो ।

नारायणप्रसाद महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्युटका प्रिन्सीपल पूर्णिमा राना, थाकस क्षेत्र नं. ६ का सभापति वसन्त चौधरी, क्षेत्र नं. ७ का पूर्व सभापति जंगीलाल चौधरी, पूर्व जिल्ला सचिव संजय चौधरी, थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतो लगायत सहभागी पवित्रा पराजुली, माया मगर, गीता पोखरेल, सुदन चौधरी, रामजी चौधरी, राजीव चौधरी, भुवन चौधरीेले मन्तव्य व्यक्त गरेका थिए ।

देशमा व्याप्त बेरोजगारी समस्या कम गर्न तथा स्वरोजगारीको अवस्था सिर्जना गर्नकालागि युवाहरुमा उद्यमशीलताको विकास गर्नुपर्ने भए तापनि त्यसकालागि उद्यमशीलता के हो ? यो किन आवश्यक छ ? कसरी विकास गर्ने ? र कहाँ सम्पर्क गर्ने विषय वस्तुबारे सहजकर्ता तथा इन्स्टिच्युटका अध्यक्ष निर्मल सिग्देलले जानकरी गराउनुभएको थियो ।

intraction2

कार्यक्रम सम्पन्न गर्नका लागि सौराहाका होटल स्वस्तिकका प्रोपराइटर सुरेन्द्र चौधरी र पर्सा बजारका युनाइटेड डिजिटल आर्ट एण्ड फ्लेक्स प्रिन्टका प्रोपराइटर विक्रम चौधरीले आर्थिक सहयोग गर्नुभएको थियो । स्वदेशमै युवाहरुलाई रोजगार उपलब्ध गराउने विषयमा विस्तृतरुपले छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया