पीडितले भने ‘रामदुलारीको बलात्कारीलाई सुरक्षाकर्मीले जोगाउन खोज्यो’

(ज्ञापनपत्रको पूर्णपाठ सहित)


RAmdulari-Murder-case

काठमाडौ, असार २६ गते । कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरका रानाथारु परिवारका सदस्यहरु छोरीको हत्याराको पत्ता नलागेपछि खोजी गर्दै राजधानी छिरेका छन ।

गत जेठ २२ गते मृत फेला परेकी रामदुलारी रानाथारुको हत्यारा पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन स्थानीय प्रहरीले ढिलासुस्ती गरेपछि मृतकका सासु, ससुरा, छोरासहित अधिकारकर्मीहरु राजधानी आएका हुन् ।

पीडितहरुले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मृतककी सासु विटो रानाथारुले जेठ १८ गते राती स्थानीय प्रकाश मल्ल र उनका परिवारका सदस्यहरुले बुहारी र आफूमाथि आक्रमण गरेको बताइन् । आक्रमण भएपछि हामी घरबाट भाग्न बाध्य भयौं, बुहारी बेपत्ता भइन् । २२ गते बुहारीको शब खेतमा गुप्ताङ्ग र मुखमा लट्ठी कोचिएको अवस्थामा फेला प¥यो उनले पीडा सुनाइन् ।

pidit1

न्याय खोज्न स्थानीय प्रहरीचौकीमा प्रकाशसहित ईन्द्रबहादुर, डम्मरा, मीना, लक्ष्मी र नवल मल्लको घटनामा संलग्न रहेको किटानी जाहेरी दिंदासमेत समेत लामो समयसम्म बेवास्ता गरेकाले आफूहरु काठमाडौं आएको बिटो रानाले बताए ।

स्थानीय प्रहरीबाट आफूहरुले घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यमा देखाएको लापरवाही र अन्य आरोपीलाई बचाउने खेल शुरुभएपछि आफूहरु बाध्य भएर न्यायकालागि राज्यलाई गुहार्न काठमाडौ आएको पीडितहरुले बताए ।

न्याय खोज्न जाँदा उल्टै अपमानित गर्ने गर्छन् भन्दै उहाँले लामो समयको प्रयासपछि जाहेरी दर्ता भएपनि एकजना प्रकाशमाथि मात्रै मुद्दा चलाईएको उनीहरुको भनाई छ ।

स्थानीय प्रहरीबाट आफूहरुले घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यमा देखाएको लापरवाही र अन्य आरोपीलाई बचाउने खेल शुरुभएपछि आफूहरु बाध्य भएर न्यायकालागि राज्यलाई गुहार्न काठमाडौ आएको पीडितहरुले बताए ।

प्रधानमन्त्री, गृहमन्त्री, महिला आयोग, मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाईसकेका उनीहरुले आफूहरुलाई न्याय दिलाउन पहल नगरे राजधानीको सडकमै सुतेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

बुहारीलाई प्रकाशले जवरजस्ती गरेपछि उनलाई बचाउन जाँदा मल्ल परिवारका सदस्यले परिवारका सदस्यमाथि निर्घात् कुटपिट गरेको आरोप पीडित सदस्यहरुको छ । कुटपिट भएपछि ज्यान जोगाउन घरबाट विस्थापित भएको उनीहरुले गुनासो सुनाए । पीडितलाई न्याय र अपराधीलाई कानूनअनुसारको सजायको माग उनीहरुले सबैसँग गरेका छन् ।

नेपाल आदिबासी जनजाति महासंघ, कञ्चनपुर जिल्ला समन्वय परिषदले जारी गरेको ज्ञापनपत्रको पूर्णपाठ यस्तो छ हुर्नुहोस

मितिः २०७३ असार २४

सम्माननीय राष्ट्रपतिज्यू
राष्ट्रपति भवन, शितल निवास
महाराजगंज, काठमाडौं

विषयः ज्ञापन पत्र

उपर्युक्त सम्बन्धमा मिति २०७३÷०२÷१८ गतेका दिन महाकाली अञ्चल कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका वडा नं. १ चम्फापुरमा घटेको घटनाको विषयमा गम्भीर ध्यानाकर्षण तथा अभियुक्त घटनामा दोषीहरुलाई कानून बमोजिमा सशक्त कारबाही गराउनको लागि आवश्यक सहयोगको याचना गर्दछौं । जिल्ला स्थित जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रसाशन कार्यालय, राजनीतिक दलहरुले उक्त घटनाको बारेमा चासो नदेखाएको र राना थारु समुदायको गरिव महिला, जसको कानूनी पहु“च, राजनीतिक पहु“च नभएकै कारण न्याय पाउन नसकीरहेको अवस्थामा जिल्ला स्थित नेपाल आदिवासी जनजाति महासंघ, महिला तथा वृद्ध सेवाकेन्द्रलगायतका १५ वटा संघ संगठनले घटना पश्चात निरन्तर रुपमा पिडीतलाई न्याय दिलाउनका लागि पहल गरेता पनि कानूनी, राजनीतिक दवाब र पैसाको चलखेलका कारण न्याय र क्षतिपूर्ति पाउन नसक्ने अवस्था भएका कारण आज हामी घटनाको विवरण सहित काठमाडौं आई न्यायको लागि याचना गर्न बाध्य भएका छौं । साथै सो घटनाको केन्द्र बाटै अनुगमन गरी पुन निश्पक्ष अनुसन्धानका लागि सम्बन्धित निकायहरुमा निर्देशनका लागि समेत आग्रह गर्दछांै ।

घटनाको विवरणः
आरोपी प्रकाश मल्लको मृतक रामदुलारी रानासँग प्रेम सम्बन्ध रहेको विषय यदाकदा सुन्नमा आउने गरेकोले मृतकका ससुराले आरोपी प्रकाश मल्ललाई सम्झाई वुझाई मेरो विवाहित वुहारीसंग यसरी अनावश्यक तवरले सम्वन्ध बढाउनु हामी दुवैका लागि ठिक हु“दैन आईन्दा सावधान रहनु भनि सचेत गराएको, त्यस पछाडी आइन्दा यस्तो गल्ती नगर्ने भनि मिति २०७३÷२÷१८ गते दिउ“सो प्रकाश मल्ल स्वयंले मृतकको घरमा गई मैले गल्ती गरें आइन्दा गल्ती गर्ने छैन भनि माफी मागेका थिए । त्यस पछि सोही राती अन्दाजी राती १२ बजे तिर निज आरोपी मृतकको घरमा आई घर भित्र पसि मृतकलाई स्वीकार्छु र विवाहमा लागेको विवाह खर्च समेत सोधेका थिए । सथै विवाहमा लागेको खर्च व्यहोर्ने निजका छोरोको पालन पोषण समेत निज मल्ले गरिदिन्छु भनि मृतकलाई तान्न खोज्दा त्यसो नगर्नुहोस् एक छिन कुरा गरौं भनि मृतकको सासु बिटो रानाले आफनी साहिंली सासु झेली रानालाई अन्यायी ईन्द्र बहादुर मल्ल (आरोपी प्रकाश मल्लको वुवा) को घर गई तपाईको छोराले रातीको समयमा हाम्रो घरमा आई आतंक मच्चाई राखेको छ निजलाई घर लैजानुस् भनि खवर गरे पछि आरोपीहरु ईन्द्रबहादुर मल्ल, डम्मरा मल्ल, मीना मल्ल, लक्ष्मी मल्लसँगै नवल मल्लसमेत घरमा आई घटनाको बारेमा बुझे पछि नवल मल्लले आप्mना भतिजा प्रकाश मल्ललाई गलत काम गर्छस भनि थप्पड लगाएका थिए ।

नवल मल्ल बाहेकका ईन्द्रबहादुर मल्ल, डम्मरा मल्ल, मीना मल्ल, लक्ष्मी मल्ल, रचना मल्लले तिमीहरु हाम्रो बेइज्जत गर्ने ? हाम्रो विरोध गरी यो गाउ“मा बस्न सक्छौ ? उनीहरुले मृतकलाई अपमानजनक शव्द प्रयोग गर्दै, जथाभावी दोषारोपण गर्ने भन्दै उल्टै मृतकलाई कुटपिट गर्दै ज्यानै लिने धम्की दिए । सो धम्कीका कारण मृतक अत्यन्त डराई पानी खान्छु भनी नलतिर गई त्यहा“बाट भागी जा“दा प्रकाश मल्ल लगायतका अन्यायीहरु पिछा गर्दै गएका थिए । अन्यायीहरु धेरै जना भएकोले डराई म लगायत मेरा परिवारहरु निजहरुको पछि जान नसके पछि मृतकको ससुरा र छिमेकी वलुवा रानासहित केही छिमेकी साथमा लिई मोटरसाईकलमा तुरुन्तै प्रहरी चौकी दैजीमा गई घटना बारे बताउ“दा प्रहरी चौकी दैजीका असई करन सिह धामीले रातीको समयमा निवेदन हु“दैन भोली आउनु भनि गैरजिम्मेवारी तरिकाले जवाफ दिए पछि निजहरु प्रहरी चौकीबाट निरीह भई फर्किएका थिए । तत्पश्चात पदम राना र छिमेकीहरु भई मृतकको खोजी कार्यमा लागेका थिए । निजको खोज तलास गर्दा कहीं कतै भेटाउन सकेनन् । भोली पल्ट बिहान दैजी प्रहरी चौकीमा मृतकको खोज तलास गरीपाउ“ भनि निवेदन दर्ता गराइएको थियो । सोही राती देखि पदम रानाले आप्mनो तरिकाले खोजतलास गर्दै गरेका थिए । तर पनि केही पत्ता लागेको थिएन । मिति २०७३÷२÷२२ गते अन्यायी प्रकाश मल्ललाई ई.प्र.का. झलारीले पक्राउ गरी जाहेरवाला पदम रानालाई बोलाउँदा निजले झलारी पुगे पछि घटनाको यथार्थ विवरण बताएका थिए । त्यसै समय चम्फापुरमा मृतकको लाश भेटिएको खबर सुन्दा त्यहाँबाट फर्की चम्फापुर आउँदा प्रहरी लाश भएको ठाउमा पुगिसकेका थिए । मृतकको ससुरालाई सोधपुछका लागि भन्दै उल्टै जाहेरी वालालाई नै पक्राउ गरेका थिए ।
यसरी सबैजनाको मिलेमतोमा मृतक दुलारी रानाको कर्तव्य गरी ज्यान मारेको घटना वाहिर आएको थियो । पश्चात २३ गतेका दिन किटानी जाहेरी दिन भनी मृतकका आफन्तलगायत महिला अधिकारकर्मी सहित करिब २०० जना जिल्ला प्रहरी कार्यालय पुगेका जनताहरुमाथि प्रहरीले निर्मम दमन गर्दै एकजना महिलालाई ज्यादती गरी घाईते तुल्याएका थिए । महिला अधिकारकर्मी र जनताको दवाव पछि १० जना जति लाई भित्र बोलाई प्रहरीले हातपात र गालीगलौज गर्दै लगेको प्रत्यक्षदर्शीले देखेका छन् । हत्या जस्तो जघन्य अपराधमा किटानी जाहेरी गर्नु गराउनु भन्दा पहिले केही राजनीतिक दलका व्यक्तिहरु जि.प्र.का पुगेर डि एस.पी. खनालसँग बसीरहेका थिए । दल पक्षका जाहेरी दर्ता गर्न नदिने र अधिकारकर्मीहरु दर्ता गर्नु पर्ने दवाव तत्पश्चात प्रहरीले जाहेरी दर्ता ग¥यो । तर दर्ता गर्ने बित्तिकै डि.एस.पी. केदार खनाल र हवलदार रामबहादुर फरालले दर्ता गर्न गएको अधिकार कर्मी पिडित पक्षलाई दुव्र्यवहार तथा हात पात गर्न खोजेका थिए ।

सो घटना ले गर्दा हाम्रो मानव अधिकार हनन भएको र सो दबाव को कारण मुद्दा दर्ता त भयो तर हामी यो घटनाको सत्यतथ्य छानबिन गर्दैनौं भन्नुले पनि कहीं कतै केही न केही चलखेल भएको हामीले महसुश गरेका छौं । आरोपी प्रकाश मल्लको बुबाले त्यो थरुनी त्यसमा पनि विवाहित हाम्रो त बेइज्जत नै हुने भो छोराले मान्दैन । यो भन्दा त मुसाको दुलो नै बन्द गरिदिए मुसा पनि निस्कदँैन र नोक्सान पनि हुँदैन भन्दै सुपारी दिई मार्न लगाएको हो भनी सोही गाउ“का पाका व्यक्तिहरुले समेत भनिरहेको अवस्थामा प्रहरीले वास्तविक अनुसन्धान नै नगरी मुद्दा अदालतमा दर्ता गराएको कारण कतै वास्तविक हत्यारा उम्कने त होईन भन्न हाम्रो शंका रहेको छ । अतः घटनाका दौरान र घटना पश्चात जे जति कुराहरु बाहिर आएका छन् । ती सबै कुराले यो घटनामा पिडीतले उचित न्याय नपाउने देखिएकोले । यो घटनाको सुक्ष्म अनुसन्धान गरी वास्तविक अपराधीलाई हदैसम्मको कार्वाही होस् र पिडीतले न्याय पाओस तथा जि.प्र.का.मा जनता माथि ज्यादती गरी घाईते बनाउने हवल्दारमाथि छानबिन गर्दैनौं भनि जनतालाई धम्क्याउने डि.एस.पी. र घटनाको दौरान दैजी पोष्टमा कार्यरत असई करन सिह धामीलाई समेत कानुनी दायरामा ल्याई कार्वाही होस् भन्दै पिडित पक्षलाई न्याय दिलाउन र र्मतककी अढाई वर्षीया नाबालकको शिक्षा दिक्षा र भरण पोषणको व्यवस्था गरी केस दमन गर्ने प्रहरी लाई कार्यवाही को दायरामा ल्याइ दिन हुन अनुरोध गर्दै, यो ज्ञापन पत्र लेखि चढाएका छौं ।

आरोपीहरुः

ईन्द्र बहादुर मल्लः प्रकाश मल्लको वुवा र सविक दैजी गाविसका सचिव
प्रकाश मल्लः ईन्द्रबहादुर मल्लको छोरा
मीना मल्लः ईन्द्रबहादुर मल्लको छोरा नवल मल्लको श्रीमती
लक्ष्मी मल्लः ईन्द्रबहादुर मल्लको छोरा नवल मल्लको श्रीमती
डम्मरा मल्लः प्रकाश मल्लको आन्टी (काकी)
रचना मल्ल चन्दः ईन्द्रबहादुर मल्लको विवाहित छोरी
राजेन्द्र रानाः अनुसन्धानका दौरानमा प्रहरीले तीलहरी राखेको आरोपी

बोधार्थ तथा कार्यार्थ
१. सम्माननीय सभाध्यक्षज्यू
संसद भवन
नया“वानेश्वर, काठमाडौं
२. सम्माननीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्रीको कार्यालय
सिंहदरवार, काठमाडौं
३. सम्माननीय उपप्रधान एवं रक्षामन्त्रीज्यू
रक्षा मन्त्रालय,
सिंहदरवार, काठमाडौं
४. सम्माननीय गृह मन्त्रीज्यू
गृह मन्त्रालय,
सिंहदरवार, काठमाडौं
नेपाल ।
५. श्री महान्यायाधिवक्ताको कार्यालय, नेपाल
रामशाहपथ काठमाडौ, नेपाल
६ श्री राष्ट्रिय मानव अधिकार आयोग
पुल्चोक, ललितपूर
नेपाल ।
७. राष्ट्रिय महिला आयोग
काठमाडौं
८. नेपाल आदिवासी जनजाति महासंघ
कुसुन्ती, ललितपुर
९. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
लगनखेल, ललितपुर
१०. नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुिर्नप)
काठमाडौं
११. राष्ट्रिय नागरिक समाज काठमाडौं
१२. नेपाल पत्रकार महासंघ, काठमाडौं
१३. राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
१४. आदिवासी जनजाति महिला कानुनी सचेतना केन्द्र

………………
प्रेमवती राना
उपाध्यक्ष
उपाध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघ,
जिल्ला समन्वय परिषद्, कंचनपुर

तपाईको प्रतिक्रिया