हर्दहुवा पछि थारु समुदायको पहिलो पर्व गुरही साउन २३ गते


Gurahi4

राम दहित
धनगढी, असार २९ गते । विभिन्न भित्तेपात्रो प्रकाशकहरु आदिवासी थारू समुदायका टरटिहुवार गलत–गलत मितिमा मनाउने गरिए पनि यस वर्षको गुरही साउन २३ गते पर्ने थारु अगुवाले बताएका छन् ।

बजारमा आएको दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार वाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा फरक मितिमा गुरही रहेको मिति प्रकाशन गरेपछि थारू समुदाय त्यस विषयमा प्रष्ट पारेका हुन् ।

उक्त पात्रोअनुसार थारू समुदायको गुरही÷गुरिया सावन १ गते उल्लेख गरिएको छ । तर वास्तविकता र ऐतिहासिकताअनुसार सावन २३ गते गुरही÷गुरिया रहेको थारू नागरिक समाज कैलालीले जनाएको छ ।

समाजका संयोजक दिलबहादुर चौधरीले थारू समुदायमा गुरही पर्व नागपञ्चमीको दिन परेको र ०७३ सालमा नागपञ्चमी पर्व तथा गुरहीपर्व सावन २३ गते परेको बताउनुभयो ।

Gurahi1

बिना अध्ययन र बिना जानकारीकै आधारमा हचुवाको भरमा बनाएको भित्तेपात्रोले थारू समुदायमा धेरै भ्रम सिर्जना भएको उहाँले बताउनुभयो । विभिन्न पात्रोले फैलाएको भ्रममा नपर्न र नागपञ्चमीको दिन गुरही पर्व मनाउनका लागि उहाँ थारु समुदायलाई आग्रह गर्नुभएको छ ।

कुनै पनि समुदायको चाडपर्व गलत मितिमा उल्लेख गर्नुभनेको त्यो समुदायलाई भ्रममा पार्नुसंगै समुदायको सांस्कृतिक अधिकारमाथि हस्तक्षेप गर्नुपनि हो अध्यक्ष चौधरीको भनाई छ ।

विभिन्न भित्तेपात्रोमा साउन १ गते गुरहीपर्व उल्लेख गरेपछि अन्यौलमा परेको बताउनुहुन्छ रामशिखरझालाका स्थानीय शिक्षक नेत्र      चौधरी । तर फैलाईएको यस्ता भ्रमहरु चिर्नकालागि सबै पक्ष आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने उहाँको भनाई छ ।

गतवर्ष पनि यी दुईटै पात्रोमा गलत मितिमा गुरहीपर्व उल्लेख गरेपछि फरक–फरक मितिमा थारू समुदायमा गुरही टिहुवार मनाईएको बताउनुहुन्छ सखी सञ्जाल कैलालीका सचिव रविना चौधरी ।

गुरही टिहुवारको ऐतिहासिकता नागपञ्चमी पर्वसंग जोडिएकोले नागपञ्चमीको दिन मनाउनु पर्ने उहाँ बिना अध्ययनको भरमा प्रकाशन गरेको भित्तेपात्रोको पछिनलाग्न सुझाव उहाँले दिनुभएको छ ।

तपाईको प्रतिक्रिया