सरकारविरुद्ध कांग्रेस–माओवादीको संयुक्त अविश्वासको प्रस्ताव दर्ता

नयाँ गठबन्धन कागलाई बेल पाक्यो हर्ष न विस्मातः नयाँ शक्ति


Samsad

काठमाडौं, असार २९ गते । नेपाली कांग्रेससहित तीन दल मिलेर व्यवस्थापिका संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । कांग्रेसलाई माओवादी केन्द्र र नेकपा (संयुक्त) ले साथ दिएका छन् ।

संविधानले ६ महिनामा एकचोटि मात्रै अविश्वासको प्रस्ताव ल्याउन पाइने भनेको छ । केपी ओली प्रधानमन्त्री बनेको ९ महिना पाँचदिनपछि उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रस्तावमा २५४ सांसदले हस्ताक्षर गरेका छन् ।

यता डा. बाबराम नेतृत्वको नयाँ शक्तिले सत्ता गठबन्धनको समिकरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो दलले कांग्रेस माओवादीको नयाँ गठबन्धनलाई कागलाई बेल पाक्यो हर्ष न विस्मातको संज्ञा दिएको छ ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अब संसद नियमावली अनुसार एक सातापछि परिपक्व हुनेछ । नियमावलीको १६० को उपनियम २ मा भनिएको छ ‘उपनियम १ बमोजिम प्रस्ताव पेश गर्न चाहने सदस्यहरुले कम्तिमा सातदिन अगावै सो कुराको लिखित सूचना संविधानसभा सचिवालयका महासचिव वा सचिवलाई दिनुपर्ने छ ।’

भोटिङमा प्रधानमन्त्रीको पक्षमा सामान्य बहुमत नदेखिए प्रधानमन्त्री स्वतः आफ्नो पदबाट मुक्त हुनेछन् । प्रधानममन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेससँग २०७, माओवादीसँग ८२ र संयुक्तसँग ३ सांसद छन् ।

यता डा. बाबराम नेतृत्वको नयाँ शक्तिले सत्ता गठबन्धनको समिकरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो दलले कांग्रेस माओवादीको नयाँ गठबन्धनलाई कागलाई बेल पाक्यो हर्ष न विस्मातको संज्ञा दिएको छ ।

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, मुद्दाकेन्द्रित गठबन्धनभन्दा पनि कुर्सीकेन्द्रित गठबन्धन बन्ने र भत्कने प्रक्रियामा गुज्रेकाकारण आम जनताकानिम्ति यो परिघटना कागलाई बेल पाक्यो हर्ष न विस्मात बाहेक केही होइन ।

कांग्रेस माओवादीसहितको नयाँ गठबन्धन बनेपछि पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको नेतृत्व गर्न दिने र दोस्रो चरणको सरकारमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व लिने दुई दलका नेताबीच सहमति बनेको छ ।

सहमतिअनुसार प्रचण्ड नेतृत्वको सरकारले स्थानीय निकायको निर्वाचन गराउने र देउवा नेतृत्वको सरकारले प्रदेशको निर्वाचन गराउने भद्र सहमति भएको कांग्रेस नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया