काठमाडौंको मूलसडकमा गरे थारुहरुले लालटिन लुलुश प्रदर्शन

आन्दोलनका अगुवा नै प्रदर्शनमा अनुपस्थित


Tharuhat1

काठमाडौं, असार ३१ गते । थरुहट÷थारुवान संयुक्त संघर्ष समिति उपत्यका समितिले शुक्रबार काठमाडौंको प्रमुख व्यापारिक केन्द्र नयाँ सडकको मूलगेटमा एक घण्टा लालटिन जुलुश प्रदर्शन गरेको छ ।

पूर्व घोषित कार्यक्रमअनुसार लालटिन जुलुश प्रदर्शन गर्दै थारुको माग मुद्दा सम्बोधनको माग थारु अगुवा तथा प्रदर्शनकारीले गरेका छन् । थारु बहुल क्षेत्रलाई समेटेर थरुहट प्रदेश निर्माण गरिनुपर्ने, राज्यको सबै संयन्त्रमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गरिनुपर्ने र टीकापुर घटनामा पक्राउ परेकाको रिहाई तथा मुद्दा खारेजीको मागगर्दै थारुहरुले प्रदर्शन गरेका हुन् ।

Tharuhat3

संघर्ष समितिले साउन ७ गते सिंहदरवारको पूर्वी गेटमा, १४ गते बालुवाटार र २२ गते संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोकमा लालटिन जुलुश प्रदर्शन गर्ने कार्यतालिका बनाएको छ । थारुको अधिकारका लागि नौ महिनादेखि आन्दोलनरत रहेको भएपनि माग मुद्दाबारे सरकारले सुनुवाई नगरेको आरोप थारु प्रतिनिधिहरुको छ ।

संघर्ष समितिका सदस्य राजकुमार लेखीले मागमुद्दा सुनुवाई नहुँदासम्म आन्दोलन नरोकिने बताउनुभयो । उहाँले लालटिन जुलुश प्रदर्शन काठमाडौं उपत्यकामा मात्र सीमित नभई सिराहा, रौतहट, मोरङ लगायतको जिल्लामा पनि शुरुभएको जानकारी दिनुभयो ।

Tharuhat2

काठमाडौंको नयाँ सडकमा संघर्ष समितिका सदस्यहरु, थारु नेताहरु, महिला, विद्यार्थी लगायतले १ घण्टासम्म लालटिन, व्यानर, प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

थरुहट संघर्ष समितिमा आवद्ध नेता तथा सदस्यहरुको आन्दोलनमा सहभागिता नभएपछि केही आन्दोलनकारीले रोश प्रकट गरेका छन् । संघर्ष समितिको सुरुवातीकालको प्रदर्शनमा सहभागी भएका नेताहरु किशोर विश्वास, रुक्मिणी चौधरी, अमिरीलाल चौधरी, उपत्यका कमिटिका पदाधिकारीसमेतको आन्दोलनमा सहभागीता नभएकोमा एक सदस्यले गुनासो गर्नुभयो ।

Tharuhat5

Tharuhat

तपाईको प्रतिक्रिया