सभामुखले संसद बैठक स्थगित गरेपछि सत्तारुढदलको कडा आपत्ति


SAM_3086

काठमाडौं, असार ३१ गते । संविधानसभाकी अध्यक्ष ओनसरी घर्तीले सत्तपक्ष र प्रतिपक्षी दलका नेताहरुबीच सहमति हुन नसकेपछि दलका नेताहरुको परामर्शकै आधारमा संसद बैठक साउन ६ गतेसम्मका लागि स्थगित गरेको बताउनुभएको छ । तर सत्तारुढ दल एमालेले सभामुखको कदमप्रति कडा आपत्ति जनाएको छ ।

शुक्रबार १ बजे बोलाइएको बैठक करिब ३ बजेतिर सूचना टाँसगरी स्थगित भएपछि पत्रकारसँगको छलफलमा सभामुख घर्तीले त्यस्तो बताउनुभयो । दुवै पक्षका नेताहरुबीचको अडान कायमै रहेकाले यस्तो निर्णय लिनुपरेको उहाँले प्रष्ट्याउनुभयो ।

“अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता भएपछि संसदमा कुनै विजनेस अगाडि नबढाउने विगतको परम्परा रहेको छ, त्यही परम्परालाई टेकेर बैठक अघि नबढाउने निर्णयमा पुगेकी हुँ” सभामुख घर्तीले बताउनुभयो । यद्यपि यस्तो अवस्थामा विजनेस बढाउने या नबढाउने स्पष्ट लिखित व्यवस्था नियमावलीमा नरहेको उहाँले प्रष्ट पार्नुभयो ।

“परम्परामा एक दुईवटा बैठकमा मात्र विगतमा विजनेस बढाइएको नजिर रहेछ, मैले बहुमत केमा भएको छ मैले त्यही बाटो रोजें” भन्दै सभामुख घर्तीले आफ्नो निर्णय आफै निर्णय गर्नुपर्छ, यो मेरो दायित्व पनि हो भन्नुभयो ।

“दलका नेताहरुको परामर्श गरिसकेपछि आफ्नै स्वविवेकले यो निर्णय गरेकी हुँ, यो निर्णय गर्ने छुट सभामुखलाई छ” उहाँले भन्नुभयो “सभामुखको हैसियतले जे कुरा उचित लाग्यो त्यही गरेकी हुँ ।”

“पदीय दायित्वअनुसार सबैकालागि बरावरीको भूमिका खेल्छु, आजको मेरो भूमिकाले कसैलाई आशंका उत्पन्न भएको होला तर यसलाई अन्यथा म लिंदैन, यसलाई म भोलि व्यवहारबाटै सबैको मन जित्नेछुँ” सभामुख घर्तीले भन्नुभयो ।

दलका नेताहरुबीच सहमति भएको भए त्यो केही गर्नु पर्दैनथ्यो, तर दुई पक्षबीचको अडान कायमै रहने भएपछि सभामुखको दायित्वले परिस्थितिबस एउटा निर्णय गर्नुप¥यो भन्दै सभामुख घर्तीमगरले त्यस्तो निर्णय गरेको बताउनुभयो ।

“पदीय दायित्वअनुसार सबैकालागि बरावरीको भूमिका खेल्छु, आजको मेरो भूमिकाले कसैलाई आशंका उत्पन्न भएको होला तर यसलाई अन्यथा म लिंदैन, यसलाई म भोलि व्यवहारबाटै सबैको मन जित्नेछुँ” सभामुख घर्तीले भन्नुभयो ।

दलका नेताहरुबीच यस्तो असहमति र समस्या पटक पटक आइराख्छन्, सहमति बनेको भए एउटा अभ्यासमा जानुपथ्र्यौ भन्दै सभामुख घर्तीले विगतको इतिहासलाई मानेर अगाडि बढ्ने बताउनुभयो ।

तर नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले सभामुखले पार्टीको आदेशमा संसद बैठक स्थगित गरेको आरोप लगाउनुभयो । बजेट पारित गर्ने संसदको विजनेस छँदाछँदै, नियमावलीमा कुनै व्यवस्था नभएको अवस्थामा मनोमानी संसद बैठक लामो समयसम्म स्थगित गरिएको उहाँले आरोप लगाउनुभयो ।

संसद बैठक अवरुद्ध गरेर मुलुकलाई थप मुठभेडमा लग्ने प्रयास प्रतिपक्षीदलले गरेको बताउँदै उहाँले सरकारले त्यसको डटेर सामना गर्ने बताउनुभयो । एमालेलाई बाइपास गर्नेगरी नयाँ गठबन्धनले काम गरिरहेको आरोप लगाउँदै उहाँले सभामुख पार्टीको सभामुखको भूमिका निर्वाह गर्न नहुने सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया