संघीय गठबन्धनले दुई महिना देशको प्रमुख शहरमा बृहत कार्यक्रम गर्ने


anasan2

काठमाडौं, साउन ३ गते । मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले कांग्रेस र माओवादीले दर्ता गरेको अविश्वासको प्रस्तावको पक्षमा संसदमा मतदान गर्ने निर्णय गरेको छ ।

आइतबार र सोमबार गरी दुईदिनसम्म चलेको गठबन्धन दलको बैठकले त्यस्तो निर्णय गर्दै ३९ दिने रिले अनसनको समिक्षा समेत गरेको छ । अनसन कार्यक्रम सफल रहेको गठबन्धन दलको निक्र्यौल छ ।

आइतबार र सोमबार गरी दुईदिनसम्म चलेको गठबन्धन दलको बैठकले त्यस्तो निर्णय गर्दै ३९ दिने रिले अनसनको समिक्षा समेत गरेको छ । अनसन कार्यक्रम सफल रहेको गठबन्धन दलको निक्र्यौल छ । अनसनले देश र जनतालाई सकारात्मक सन्देश दिएको समिक्षा गरिएको छ ।

गठबन्धनका प्रवक्ता डा. ओम गुरुङकाअनुसार गठबन्धन दलले मुलुकको विभिन्न ठाउँमा साउन र भदौ महिनाभरि अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । गठबन्धनको तयारीअनुसार साउन ५ गते काठमाडौंमा, १७ गते कैलालीको धनगढी, २२ गते दाङ्को घोराही, २५ गते रुपन्देहीको बुटवल, ३२ गते मकवानपुरको हेटौडामा अन्तरक्रिया कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

त्यस्तै, भदौ ४ गते रौतहटको चन्द्रनिगाहपुर, ११ गते महोत्तरीको बर्दीबास, १७ गते सुनसरीको इटहरी, २२ गते झापाको बिर्तामोड र भदौ २८ गते मोरङको विराटनगरमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने तयारी गठबन्धनले गरेको छ ।

तपाईको प्रतिक्रिया