पश्चिमा थारु डंगौरा भाषाको ४२ वटा वर्ण पहिचानको तयारी


Tharu vasa

सन्तोष दहित
घोराही, साउन ३ गते । डंगौरा थारुभाषाको वर्ण पहिचानको लागि घोराहीमा आयोजना गरिएको ३ दिने कार्यशालाले थारु भाषाको ४२ वटा वर्ण पहिचान गरेको छ ।

आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरको आयोजनामा भएको ३ दिने कार्यशालामा डंगौरा थारुभाषाको वर्ण पहिचान गरेको हो । कार्यशालाले ३० वटा व्यञ्जन वर्णहरु र १२ वटा स्वर्णहरु गरी ४२ वटा वर्णको पहिचान गरेको हो । व्यञ्जन वर्णहरुमा क्, ख्, ग्, घ्, ङ्, च्, छ्, ज्, झ्, ट्, ठ्, ड्, ढ्, न्, न्ह्, प्, फ्, ब्, भ्, म्, म्ह्, य्, र्, रह््, ल्, ल्ह्, व्, स्, ह्, अ रहेकाछन् । त्यसैगरि स्वर्णवर्णहरुमा अ, अँ, आ, आँ, इ, इँ, उ, उँ, ए, एँ, ओ, ओँ रहेका छन् ।

वर्णपहिचानका लागि भाषाशास्त्री पदम राई, र तेजमाया राईले प्रस्तुति गर्नुभएको थियो । यसैगरी भाषा पहिचानमा थारु सस्कृतिविद अशोक थारु, साहित्यिकार कृष्णराज सर्वहारी, सहयोग समाज नेपालका अध्यक्ष खोपिराम चौधरी, थारुभाषा विज्ञ रोहित चौधरी, पत्रकार लक्ष्मिमान चौधरी, साहित्यकार छविलाल कोपिला, लौव अग्रासनका सम्पादक सन्तोष दहित, पहुरा दैनिकका सहसम्पादक लखन चौधरी, नविस्रोत परिचान केन्द्रका अध्यक्ष सालिकराम चौधरी, मुक्त कम्लरी विकास मञ्चकी अध्यक्ष विमला चौधरी लगायत थारु संघ संस्थाका अगुवागरी १३ जनाको सहभागिता रहेको थियो ।

यसैगरि ३ दिने कार्यशाला समापन कार्यक्रमा थारु भाषालाई मानकता भाषा बनाउका लागि यो वर्ण पहिचानले ठूलो सहयोग पु¥याउने कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएकाछन् । कार्यक्रममा थारु समुदायका मानक भाषा नहुदा निकै समस्या झेल्नु परिरहेको समयमा वर्ण पहिचान भएपछि केहि सहज हुने बक्ताहरुले बताएका थिए ।

आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरकी सिर्जना गुरुङको अध्यक्षतामा तथा थारु कल्याणकारिणी सभा दाङका सभापति तेजमान चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकोथियो ।

तर पश्चिमा डंगौरा थारु भाषा र पूर्वीया थारु भाषामा उच्चारणको भिन्नताले मानक भाषा बनाउनमा समस्या पर्दैआएको छ । पश्चिमा थारुहरुले जस्तो उच्चारण पूर्वीया थारुले नगरेपछि व्यन्जन र स्वर वर्णमा समेत समस्या पर्दैआएको छ । यसप्रति पनि ध्यान दिनुपर्ने केहीको सुझाव छ ।

तपाईको प्रतिक्रिया