बजेटमा बृद्धि भएअनुसारको कर्मचारीहरुको नयाँ तलब सार्वजनिक


Artha

काठमाडौं, साउन ४ गते । चालु आर्थिक वर्षको वजेटमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलवमान र सुविधा मंगलबार सार्वजनिक गरेको छ ।

सरकारले वजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारीको तलवमान औसत २५ प्रतिशत बढाएको थियो । राष्ट्रसेवक कर्मचारीको तलवका अतिरिक्त पेन्सन पनि बढेर आएको छ ।

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलवमान तथा सुविधालाई स्वीकृत गरेपछि अर्थ मन्त्रालयले तलबमान सार्वजनिक गरेको हो ।

नयाँ तलवमान अनुसार राष्ट्रपतिको १ लाख ५० हजार ४५०, उपराष्ट्रपतिको १ लाख ८ हजार ३०, प्रधानमन्त्रीको ७७ हजार २८०, उपप्रधानमन्त्रीको ६५ हजार २००, मन्त्रीको ६० हजार ९७०, राज्यमन्त्रीको ५७ हजार ७८० र सहायक मन्त्रीको ५६ हजार ४९० रुपैयाँ तलब पुगेको छ ।

त्यस्तै सभामुखको ६७ हजार ३२०, उपसभामुखको ६० हजार ९७०, साँसदको ५५ हजार २३०, राष्ट्रिय योजना आयोगको उपाध्यक्षको ६० हजार ९७० र सदस्यको ५६ हजार ४९० रुपैयाँ पुगेको छ । यस्तै सर्वोच्च अदालतको प्रधानन्यायधिशको ७३ हजार ६८०, न्यायधिशको ६० हजार ९७० रुपियाँ छ ।

त्यस्तै निजामति सेवा अन्तर्गत ग्रेड सुविधा समेत गरी मुख्यसचिवको ५८ हजार ८८०, सचिवको ५४ हजार ८४८, सहसचिवको ४९ हजार ५१६, उपसचिवको ४३ हजार ३४८, शाखा अधिकृतको ३८ हजार ६३६ रुपैयाँ पुगेको छ ।  प्रधानसेनापतिको ५८ हजार ८८०, नेपाल प्रहरी र शसस्त्र पहरी महानिरीक्षकको ५४ हजार ८४८ रुपैयाँ पुगेको छ ।

तलबमान सुविधा तालिका हेर्नुहोस्

1

2

3

4

5

6

तपाईको प्रतिक्रिया