कैलालीको पूर्वी दक्षिणी क्षेत्रका कैयौं गा.वि.स.हरु डुवानमा


2

राम दहित/जयप्रकाश दहित
टीकापुर, साउन ५ गते । आईतवारदेखि परेको अविरल वर्षाकाकारण कैलालीको पूर्वीक्षेत्र लगायत सुदूरपश्चिमका विभिन्न जिल्ला प्रभावित भएका छन् । अविरल बर्षाका कारण कैलालीको पुर्वी दक्षिणीक्षेत्र नारायणपुर, थापापुर, जोशीपुर र भजनी त्रिशक्ति नगरपालिकाका सयौं घर डुबानमा छन् ।

डुबानले घरमा बसोबास गर्नसक्ने अवस्था नरहेको स्थानीय थापापुर–९ सोनहाफाँटाका स्थानीय सोंगरीदेवी चौधरीले बताईन् । अविरल बर्षासंगै आएको बाढी आफ्नो घरमा पसेर सबै अन्नपात बगाएर लगेको समेत चौधरीले दुखेसो सुनाईन् ।

बाढीले घरको सबै अन्नपात बगाएर लगेपछि बाढी पीडितहरु सुख्खा खाना (चाउचाउ, चिउरा, भुटेको मकै) खाएर बाँचिरहेको बाढी प्रभावित तथा सोनहाफाँटाका बडघर विश्राम चौधरीले बताए । उनकाअनुसार बाढी प्रत्येकको घरमा पसेर धान, चामल, दाल, गँहु राख्ने भकारी (डहरी) पानीले भिजेर फुटेको र सबै अन्नपात बगाएर लगेको बताए ।

गाउँका बच्चादेखि बुढापाखाले खाना नखाई बाढीको सामाना गरिरहेको समेत उनले जानकारी दिए । बाढीले चारैतिर तलाउ बनेको छ भने घरमा रहेको धान, चामल, गँहु, दाल लगायतको दैनिक उपभोग्य सामान बाढीले बगाएर लगेको र घर आंशिक रुपमा भत्केको बताइएको छ । घरगोठमा बाढी पसेकोले गाई गोरु हुलाकीसडकमा बांध्नु परेको छ ।

1

बाढी प्रभावित शारदादेवी चौधरीकाअनुसार सरकारी कार्यालय तथा संघ संस्थाहरुले अझैसम्म कुनै किसिमको सहयोग नगरेको र हालसम्म कुनै पनि संघ संस्था बाढी प्रभावितको समस्या बुझन नआएका गुनासो सनाईन् । गाविसमा आपतकालिन कोष रहेको तर सहयोग नगरेको दिया और बाती बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक बिना चौधरीले बताईन् ।

बाढीले बर्षेनी सताउने गरेकोले सरकारले बाढी प्रभावित क्षेत्रमा वृक्षारोपण गरी बाढी प्रभावितहरुलाई पुनस्थापना गर्नुपर्ने बाढी प्रभावित सोमैया थारुको भनाई रहेको छ ।

ईलाका प्रहरी कार्यालय भजनीकाअनुसार पानीको बहाव घटिरहेकोले कुनै किसिमको मानवीय क्षती नभएको तर ७५ घर आंशिकरुपमा क्षती भएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले बताए ।

दिगो विकास समाज भजनीले बाढी प्रभावित समुदायको अवलोकन गरिरहेको स्थानीय रामलाल चौधरीले बताए । उहाँकाअनुसार दिगो विकास समाज भजनीले स्थानीय ईलाका प्रशासन तथा प्रहरी प्रशासन, विपत व्यवस्थापनमा कामगर्ने संघ संस्थाहरुलाई बाढीको प्रभावको बारेमा जानकारी गराइरहेको र सम्पर्क तथा समन्वय गरिरहेको बताए ।

ईलाका प्रहरी कार्यालय भजनीकाअनुसार पानीको बहाव घटिरहेकोले कुनै किसिमको मानवीय क्षती नभएको तर ७५ घर आंशिकरुपमा क्षती भएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले बताए ।

3

अहिलेसम्म नारायणपुरको अम्बासा, दिव्यपुर, बैधी, थापापुरको कटानपुर, महादेउली, विष्णापुर, नवलपुर, खैरा, गोडचौरा, सोनहाफाँटा, कृष्णनगर, भरठान टोल, भजनी त्रिशक्ति नगरपालिकाको लालबोझी, चर्रा, भजनी, कन्हैयापुर, हिम्मतपुर लयागतको ठाँउमा बाढीले प्रभावित बनाएको छ ।

तपाईको प्रतिक्रिया