व्यवस्थापिका संसद बैठक अझै अनिश्चित, २ बजेसम्म स्थगित

Neta meeting
काठमाडौं, साउन ६ गते । प्रमुख तीन दलका नेताबीच संसद बैठकको कार्यसूचीको विषयमा सहमति बन्न नसकेपछि बैठक पुनः आज २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकपछि व्यवस्थापिका संसदको बैठक ३ घण्टाका लागि स्थगित भएको हो ।

विहीबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । यसवीचमा दिउँसो १ बजे फेरि शीर्ष नेताहरुले सभामुखसँग छलफल गर्ने भएका छन् । प्रमुख तीन दलका नेताहरु आफ्नै पूर्ववत अडानमै कायम भएपछि विहान बसेको बैठकमा केही उपलब्धी हुन सकेन ।

दलका नेताहरुले पुनः बसेर सहमतिको प्रयास गर्ने प्रतिवद्धता जनाएपछि सभामुख ओनसरी घर्तीले दिउँसो १ बजेकालागि दलका नेताको छलफल राख्नुभएको छ । सकभर सहमति भैदिओस् भन्ने चाहना सभामुखको छ उहाँको सल्लाहकार वविन शर्माले बताउनुभयो ।

कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्तावलाई कार्यसूचीको पहिलो नम्बरमा राख्नुपर्ने भन्दै सभामुखलाई दवाव दिएका छन् । तर सत्ताको नेतृत्व गरेको एमालेले मुलुकका पहिलो आवश्यकता आर्थिक विधेयक (बजेट) पारित रहेकाले पहिलेकै सूचीअनुसार अगाडि बढ्न एमालेले सभामुखलाई दवाव दिएको छ । दुवै पक्षको दवावका बीच सभामुख चेपुवामा पर्नुभएको छ ।

Notice1

तपाईको प्रतिक्रिया