थरुहट संयुक्त संघर्ष समितिले सिंहदरवार र बालुवाटार घेराउ गर्ने

Tharuhat1

काठमाडौं, साउन ६ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले थारुले उठाएको माग मुद्दा सम्बोधन नभएको भन्दै ध्यानाकर्षणका लागि प्रमुख प्रशासनिक निकाय सिंहदरवार र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने भएको छ ।

संघर्ष समितिले दिएको जानकारीअनुसार शुक्रबार विहान १२ बजेदेखि १ बजेसम्म एकघण्टा सिंहदरवार घेराउ गर्नेछ । त्यसकालागि सबै थारु संघ संस्था तथा प्रतिनिधिहरुलाई अनामनगरस्थित पूर्वी गेटमा उपस्थित हुन संघर्ष समितिले उर्दी जारी गरेको छ ।

त्यस्तै, संघर्ष समितिले साउन १४ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने बताएको छ । लालटीन जुलुश र व्यानरसहित घेराउ गर्ने तयारी भएको थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो ।

सोहीअनुसार थरुहट संघर्ष समितिले साउन २२ गते पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय पनि घेराउ गर्ने भएको छ । राष्ट्रसंघले थारुको माग मुद्दाबारेमा अन्तर्राष्ट्रिय रुपमा लविङ गर्नुपर्ने आग्रह थारु समुदायको छ । आदिबासी थारुको अधिकारलाई आइएलओ अभिसन्धी १६९ लाई सरकारले अनुमोदन गरेपनि सरकारले कार्यान्वयन नगरेको आरोप थारु समुदायको छ ।

तपाईको प्रतिक्रिया