शुक्रबार पनि व्यवस्थापिका संसद बैठक सुचारुको सुनिश्चित्ता छैन


BICC1

काठमाडौं, साउन ६ गते । प्रमुख तीन दलका नेताबीच देखिएको विमतिको चाङ् सल्टिन नसकेपछि शुक्रबार २ बजेका लागि आव्हान गरिएको व्यवस्थापिका संसद बैठक बस्ने–नबस्ने अन्यौल कायमै छ । प्रमुख दलका नेताहरुको पुरानै अडान शुक्रबारको बैठकमा पनि दोहोरिने देखिएकाले बैठक अनिश्चित् देखिएको हो ।

विहिबार विहान ९ बजेदेखि करिब ४ बजेसम्म सभामुख ओनसरी घर्तीको पहलमा शीर्ष नेताहरुबीच पटक पटक भएको छलफलले सकारात्मक वातावरण बनाउन नसकेपछि शुक्रबारको बैठकमा पुनः त्यही अडान जस्ताकोतस्तै जाने निश्चित् भएको छ । केही नयाँ प्रस्तावहरु बैठकमा प्रवेश भएपनि त्यो कुनै नेताको प्रस्तावकोरुपमा आएकाले त्यही विषयमा छलफलपछि निर्णय भैहाल्ने आधार बनेको छैन ।

विहिबार विहान ९ बजेदेखि करिब ४ बजेसम्म सभामुख ओनसरी घर्तीको पहलमा शीर्ष नेताहरुबीच पटक पटक भएको छलफलले सकारात्मक वातावरण बनाउन नसकेपछि शुक्रबारको बैठकमा पुनः त्यही अडान जस्ताकोतस्तै जाने निश्चित् भएको छ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) ले आश्रित विधेयकलाई नै कार्यसूचीको पहिलो नम्बरमा राखेर पारित गराउनुपर्छ भनिरहेको छ । तर कांग्रेस र माओवादीले सरकारविरुद्ध असार २९ गते संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव नै अगाडि पारित गरेर जानुपर्छ भन्ने अडानमा छन् । यी दुवै पक्षको अडानैअडानका बीच संसद बैठक सूचनाटाँस गरी बुधबारदेखि स्थगित हुँदैआएको छ ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले संसदीय व्यवस्थामा सरकारको विघटन संसदको पहिलो काम भएको बताउनुहुन्छ । त्यस्तै, दोस्रोकाम बजेट पारित र तेस्रो कानून बनाउने हो । विश्वभरको प्रचलन यही हो भन्दै नेता निधीले भन्नुभयो, प्रधानमन्त्रीलाई बहुमत सांसदले अविश्वास गरिसकेपछि नैतिकताले उहाँ हट्नुपर्छ । “काम गर्न नदिनकैलागि अविश्वास प्रस्ताव ल्याएका हौं, आर्थिक विधेयक पारित गर्न किन हामी दिन्छौं ?” उहाँले जिज्ञासा गर्नुभयो ।

“जिद्दी गर्नुभनेको पदलोलुपता देखाउनु हो, प्रधानमन्त्रीले राजीनामा दिएर वातावरण सहज बनाइदिनुपर्छ” उहाँले भन्नुभयो । “आर्थिक विधेयकको अहिले जरुरी नै छैन, त्यो पारित भएपनि नभएपनि बजेटमा कुनै समस्या हुँदैन” भन्दै निधीले “तत्काल आवश्यक विषय विधेयकको पारित हैन, नयाँ सरकार गठन गर्नु हो” भन्नुभयो । शुक्रबारको बैठकमा पुरानै अडान दोहोरिए बैठक अगाडि बढ्न नसक्ने उहाँको बुझाई छ ।

नेकपा (एमाले) का उपनेता सुवासचन्द्र नेम्वाङ्ले नयाँ प्याकेजअनुसार अगाडि बढे बैठक सकारात्मकरुपमा अघि जाने विश्वास गर्नुभयो । आश्रित विधेयक पारितपछि अविश्वासको प्रस्ताव अघि बढाउने र नयाँ सरकार गठनका लागि सहमतिमै सबै अगाडि बढ्ने नयाँ प्याकेजकोरुपमा आएको उहाँले जानकारी दिनुभयो ।

नेकपा (एमाले) का उपनेता सुवासचन्द्र नेम्वाङ्ले नयाँ प्याकेजअनुसार अगाडि बढे बैठक सकारात्मकरुपमा अघि जाने विश्वास गर्नुभयो । आश्रित विधेयक पारितपछि अविश्वासको प्रस्ताव अघि बढाउने र नयाँ सरकार गठनका लागि सहमतिमै सबै अगाडि बढ्ने नयाँ प्याकेजकोरुपमा आएको उहाँले जानकारी दिनुभयो । “त्यहीअनुसार जाँदा वातावरण सकारात्मक बन्छ, पुरानै अडानमा गए त शुक्रबारको बैठक पनि आजकै जस्तै हुन्छ” उहाँले भन्नुभयो ।

कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले शीर्ष तहमै निचोड निकालेर बैठकको कार्यसूची बनाउने दलका नेताहरुको भनाईअनुसार बैठक अगाडि बढ्न नसकेको बताउनुभयो । दलका नेताहरुको प्रयास सकारात्मक देखिएपनि तत्काल निस्कर्ष निस्किहाल्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

“आश्रित विधेयक पारित गर्न हामी मान्दैनौ, अविश्वासको प्रस्ताव मान्न एमाले तयार छैन, कुरा कहाँबाट मिल्छ?” श्रेष्ठले भन्नुभयो । भोलिको छलफल पनि त्यहीबाट शुरुहुने हुनाले भोलि नै निकास आउनेमा आफूलाई विश्वास नरहेको उहाँले तर्क गर्नुभयो । संविधान संशोधनको विषय एमालेले ल्याएकाले छलफल लम्बिनसक्ने उहाँले आशंका व्यक्त गर्नुभयो ।

“भोली १२ बजेकालागि शीर्ष तहमा पुनः छलफल हुन्छ, सहमति बनिहाल्यो भने संसद बैठक चल्छ, नबने फेरि सूचनाटाँस हुन्छ” उहाँले भन्नुभयो ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अविश्वासलाई विश्वासमा बदल्ने नै प्रमुख चुनौति रहेको बताउनुभयो । “सरकारले प्रस्तुत गरेको एजेण्डा नै पहिलो लग्नुपर्छ हाम्रो माग हो, प्रतिपक्षीले स्वीकार्न तयार छैन, भोलिको बैठकमा पनि यही कोणबाट छलफल शुरुहुन्छ” उहाँले भन्नुभयो । प्रमुख नेताबीच शुक्रबार संसद बैठक अघि १२ बजे सो विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले दुई पक्षको चेपुवामा आफूहरु रहेकाले भोलि नै निस्कर्ष निस्कनेमा टुंगो नभएको बताउनु भयो । “भोली १२ बजेकालागि शीर्ष तहमा पुनः छलफल हुन्छ, सहमति बनिहाल्यो भने संसद बैठक चल्छ, नबने फेरि सूचनाटाँस हुन्छ” उहाँले भन्नुभयो ।

सभामुख ओनसरी घर्तीले आफूले पछिल्लो समयमा तयार गरेको कार्यसूचीअनुसार नै अगाडि बढ्ने तयारी गर्नुभएको छ । तर दलका नेताहरुबीच सहमति बनिहालेमा सो सहमतिअनुसार नै जाने उहाँले बताइसक्नुभएको छ । दलका नेताबीच शुक्रबार पनि सहमति बन्न नसके अर्को बैठकबाट अविश्वासको प्रस्तावलाई नै अगाडि बढाउने पूर्व तयारी सभामुखको छ । तर सभामुखले त्यसो गरे एमालेले प्रतिवाद गर्ने पार्टीको संसदीयदलको बैठकबाट निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया