कार्यसूचीसम्बन्धी विवाद सुल्झियो, अविश्वासको प्रस्ताव आजै पेश हुने

व्यवस्थापिका संसद बैठक शुरु


Samsad

काठमाडौं, साउन ७ गते । प्रमुख तीनदलबीच रहेको अविश्वासको प्रस्ताव कि बजेटसँग सम्वन्धित आश्रति विधेयक पहिले संसदमा पेश गर्ने भन्ने विवाद अन्त्य भएको छ । सभामुख ओनसरी घर्ती मगरको पहलमा बसेको तीन दलको बैठकमा कांग्रेस र माओवादी लचिलो भएर प्रस्तुत भएपछि सहमति जुटेको हो ।

दलहरूबीच आश्रित विधेयकहरु पहिला पेश गर्ने सहमति भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । संसदको बैठक अपराहृन साढे ४ बजेबाट शुरुभएको छ । उक्त बैठकमा सुरुमा आश्रित विधेयक पेश भएको छ । त्यसपछि सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल सुरु गर्ने सहमति पनि बनेको छ ।

कांग्रेस, माओवादीसहितका दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध असार २९ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । दलहरूको विवाद सुल्झिएपछि संसद बैठक शुरुभएको हो । आज भएको तीन दलको शीर्ष नेताहरूको बैठकले संसदमा पहिले बजेट सम्बन्धि विधेयकमा मतदान हुने र त्यसपछि अविश्वासको प्रस्ताव पेश गर्ने सहमति बनेपछि बैठक सुचारु हुने बाटो खुलेको थियो । नेता विमलेन्द्र निधिकाअनुसार बजेटसम्बन्धि विधेयक संसदमा पेश भएपछि त्यसमा ध्वनीमत मार्फत् निर्णय गर्ने सहमति भएको छ।

निधीका अनुसार कांग्रेस र एमाओवादीले यी विधेयकको विपक्षमा मतदान गरी असफल बनाउने भएका छन्। त्यसपछि पनि संसदको बैठक निरन्तर जारी रहने छ। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव पनि आजै पेश हुने छ।
हेर्नुहोस् बैठकको कार्यसूची

Karyasuchi_2073-4-7

तपाईको प्रतिक्रिया