घरमाथि रुख ढल्यो, रुखले किच्चिएर जुनकिरी चौधरीको मृत्यु


tree1

धनगढी, साउन ७ गते । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली स्थित शान्तिटोलमा रहेको नरेश चौधरीको घरमाथि रुख ढल्दा एक बालिकाको ज्यान गएको छ ।

वर्षाकाकारण दिउँसोतिर बर्रोको रुख ढलेर घरमा सुतीरहेकी करिब १२ वर्षीया जुनकिरीकुमारी चौधरीको मृत्युभएको हो । खाटमा सुतेकी उनीमाथि नै रुख ढलेको जनाइएको छ । फूलबारीस्थित खेदाकी जुनकिरी जाली गाउँमा पाहुना बस्न आएकी थिइन् ।

१२ वर्षीया जुनकिरीकुमारी चौधरीको मृत्युभएको हो । खाटमा सुतेकी उनीमाथि नै रुख ढलेको जनाइएको छ । फूलबारीस्थित खेदाकी जुनकिरी जाली गाउँमा पाहुना बस्न आएकी थिइन् ।

नरेशकी भतिजी पर्ने उनी विगत केहि दिनदेखि जालीमा बस्दै आएको वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक बजिरसिंह धामीले जानकारी दिनुभयो । उहाँले रुखले च्यापिएर बालिकाको घटनास्थलमा नै ज्यान गएको जानकारी दिनुभयो ।

घरमाथि रुख ढलेर नरेश चौधरीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । केहीदिन अगाडिमात्रै कैलालीको भजनी–त्रिशक्ति नगरपालिका स्थित मधुवन मुक्त कमैया शिविरमा पनि घरमाथि रुख ढल्दा एक बालकको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया