सरकारी जहाज डुब्न थालेपछि मुसाहरु निक्लदैछन्ः अध्यक्ष यादव


Upendra

काठमाडौै, साउन ९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारी जहाज डुब्न थालेपछि त्यसमा सवार मुसाहरु धमाधम भागिरहेको बताउनुभयो । ‘ओली सरकार अल्पमतमा प¥यो, मुसाहरु भाग्न थाले’ यादवले भन्नुभयो ।

व्यवस्थापिका संसद बैठकमा आइतबार बोल्दै अध्यक्ष यादवले त्यस्तो बताउनुभयो । सरकार अल्पमतमा परेपछि विजयकुमार गच्छदार नेतृत्वको पार्टी, राप्रपा लगायतका दलहरु समर्थन फिर्ता लिएर बाहिरिएपछि यादवले ती दललाई लक्षित गरेर व्यंग्य गर्नुभएको हो । नश्लवादी संविधान स्वीकार्न आफूहरु संसद बैठकमा नआएको बताउनुभयो ।

आफ्नै जनतालाई विदेशी देख्ने, सम्प्रदायिक दंगा मच्चाउने काम सरकारले गरेको आरोप लगाउनुभयो । कार्यान्वयन हुनेखालको संविधान नभएको भन्दै यादवले भन्नुभयो, “यो संविधान खच्चडजस्तो निर्माण भएको छ ।”

मधेस आन्दोलनमा सरकारले मधेसीको नरसंहार गरेको आरोप लगाउँदै यादवले मधेसी जनतालाई विदेशी ठान्ने सरकारी प्रबृत्तिको विरोध गर्नुभयो । “नश्लवादी चिन्तनले मुलुकको लोकतन्त्रलाई कमजोर पारेको छ” भन्दै उहाँले राष्ट्रियतालाई कमजोर पार्ने सरकार राष्ट्रवादी हुन नसक्ने तर्क गर्नुभयो । सबै जातजाति, मधेसी, थारु, दलित, महिलालाई अधिकार सम्पन्न बनाएमा राष्ट्रियता बलियो हुने बताउनुभयो ।

“नश्लवादी चिन्तनले मुलुकको लोकतन्त्रलाई कमजोर पारेको छ” भन्दै उहाँले राष्ट्रियतालाई कमजोर पार्ने सरकार राष्ट्रवादी हुन नसक्ने तर्क गर्नुभयो । सबै जातजाति, मधेसी, थारु, दलित, महिलालाई अधिकार सम्पन्न बनाएमा राष्ट्रियता बलियो हुने बताउनुभयो ।

हावाबाट विजुली निकाल्ने हावा कुरा गरेर मुलुकको राष्ट्रिय एकता कायम हुन नसक्ने भन्दै अध्यक्ष यादवले राष्ट्रिय सवालको हल नगरेर राष्ट्रियता बलियो नहुने बताउनुभयो ।

फोरम (लोकतान्त्रिक) का नेता जीतेन्द्र देवले आफ्नो पार्टीले राष्ट्रिय एकताको एजेण्डा उठाउँदा अरुले मधेसी र थारुको एजेण्डा छाडेको आरोप लगाउने गरेको बताउनुभयो । वर्तमान सरकार वस्तुनिष्ट सन्तुलनको काम गर्न नसकेकाले समस्या आएको बताउनुभयो । सरकारले आफ्नो पार्टीसँग गरेको आठबुँदे सहमतिको सम्बोधन नगरेकाले सरकारबाट बाहिरिएको उहाँले प्रष्ट पार्नुभयो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की सांसद रुक्मिणी चौधरीले थारु, मधेसी, दलित, महिलाले अधिकार माग्दा सत्तापक्षले विखण्डनको आरोप लगाएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई अल्पमतको अवस्थामा राजीनामा दिन आग्रह गर्नुभयो ।

राप्रपाका सांसद विक्रम पाण्डे, सांसद कलसादेवी महरा, हरिचरण साह, यशोदाकुमारी लामा, कुमार खड्का, रामकुमार राई लगायतले संविधान बन्दैमा नागरिकको अधिकार सुनिश्चित हुन नसकेको बताउनुभयो । संविधानको कार्यान्वयन बिना मुलुकले निकास नपाउने चर्चा गर्नुभयो ।

तपाईको प्रतिक्रिया