अविश्वासको प्रस्तावमाथिको छलफल सकियो, आजै मतदान हुने


Samsad

काठमाडौं, साउन ९ गते । व्यवस्थापिका–संसद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध परेको अश्विास प्रस्तावमाथिको छलफल आज सकिएको छ । पाँचबजे प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम छ । उहाँको जवाफ लगत्तै अविश्वासको प्रस्तावलाई निर्णयार्थ पेश हुनेछ ।

अविश्वास प्रस्तावमाथि गत शुक्रबारदेखि तीन दिनसम्म संसद्मा छलफल चलेको थियो । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को बैठक ४ः४५ बजेसम्म स्थगित गर्नुभएको छ । विहान ११ बजेदेखि शुरुभएको संसद बैठक ३ः३० सम्म चलेर स्थगित भएको हो ।

त्यसपछि बस्ने बैठकमा प्रमुख प्रतिपक्षीदल कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राख्नु हुनेछ । देउवाको धारणापछि प्रधानमन्त्री ओलीले अहिलेसम्म उठेका प्रश्नको जवाफ दिनुहुनेछ ।

त्यसपछि बस्ने बैठकमा प्रमुख प्रतिपक्षीदल कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राख्नु हुनेछ । देउवाको धारणापछि प्रधानमन्त्री ओलीले अहिलेसम्म उठेका प्रश्नको जवाफ दिनुहुनेछ ।

अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुँदा सरकारको विपक्षमा र अविश्वासको प्रस्तावमा बहुमत सदस्यले मतदान गर्ने देखिएको छ । पछिल्लो पटक सरकारका केही सहकर्मी दलले समेत सरकारबाट फिर्ता भएपछि विपक्षमा मत बढ्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया