सातबुँदे सहमति खारेज भए एमाले सरकारमा जान्छः सचिव भट्टराई


Yogesh-Bhattarai-Taplehung

ताप्लेजुङ, साउन १२ गते । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमति खारेज भए एमाले सरकारमा सहभागी हुने बताउनुभएको छ ।

गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले बुधबार प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेकै अबस्थामा सहमतीय सरकारको सम्भावना नरहेको बताउनुभयो । सहमतीय सरकार गठन गर्नका लागि कांग्रेस र माओवादी केन्द्रबीचको सातबुँदे सहमति खारेज गर्नुपर्छ उहाँले भन्नुभयो ।

सातबुँदा खारेज नभए एमाले प्रतिपक्षको च्याम्पियन नै भएको भन्दै प्रतिपक्षमा बसेर राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने बताउनुभयो । यसैबीच सचिव भट्टराईले प्रचण्ड र शेरबहादुर देउवाको गठबन्धनलाई जगविनाको गजुरको संज्ञा समेत दिनुभयो ।

सातबुँदा खारेज नभए एमाले प्रतिपक्षको च्याम्पियन नै भएको भन्दै प्रतिपक्षमा बसेर राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने बताउनुभयो । यसैबीच सचिव भट्टराईले प्रचण्ड र शेरबहादुर देउवाको गठबन्धनलाई जगविनाको गजुरको संज्ञा समेत दिनुभयो ।

विदेशी इसारामा उपहारमा प्राप्तभएको प्रधानमन्त्री पद प्रचण्डको केही दिनको रामछायाँमात्र हुने बताउँदै उहाँले परीक्षण भइसकेका प्रचण्ड र देउवाको गठबन्धन लामो समय नटिक्ने दावी गर्नुभयो ।

‘उपहारमा पाएको प्रधानमन्त्री पदमा प्रचण्डले मख्ख नपरे हुन्छ, आफ्नो बुँताले पाएको चीजको मात्र माया हुन्छ’, भट्टराईले भन्नेुभयो । अब बन्ने सरकारले मुलुकको आर्थिक सम्बृद्धि, राष्ट्रिय स्वाधीनता, छिमेकीसँग बढाएको सन्तुलित सम्बन्धको आधारलाई टिकाइराख्न नसक्ने उहाँले दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया