नेपाल प्रहरीको हेडक्वाटरले भन्यो, एमनेष्टिको प्रतिवेदन पूर्वाग्रही छ


Nepal-Police-Headquarter

काठमाडौं, साउन १२ गते । नेपाल प्रहरी हेडक्वाटरले टीकापुर घटनाबारे एम्नेष्टी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन पूर्वाग्रही भएको बताएको छ । उसले एम्नेष्टिले दाबी गरेजस्तो अभियुक्तहरुलाई यतना नदिइएको बताएको छ ।

प्रहरीले बुधबार विज्ञप्ति निकालेर एम्नेष्टीको प्रतिवेदन प्रहरीको काम कारबाहीलाई प्रभावित गर्ने मनसायले आएको आरोप लगाएको छ ।

अदालतमा थुनछेक बहस हुँदा सबुद प्रमाणका आधारमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको उल्लेख गरेको छ । साथै सरकारी वकिलको कार्यालय र कैलाली जिल्ला अदालतमा बयानका क्रममा एम्नेष्टिको प्रतिवेदनमा दाबी गरेजस्तो बलजफ्ती वा यतना सम्वन्धी कुनै विषय उल्लेख नभएको प्रहरीले बताएको छ ।

यदि यातना दिएको भए अदालतमा मुद्दा दायर गरी क्षतिपूर्ति र दोषीलाई विभागीय कारबाही गर्न मागगर्दै कानुनी उपचारसमेत नखोजेको प्रहरीले बताएको छ ।

यदि यातना दिएको भए अदालतमा मुद्दा दायर गरी क्षतिपूर्ति र दोषीलाई विभागीय कारबाही गर्न मागगर्दै कानुनी उपचारसमेत नखोजेको प्रहरीले बताएको छ ।

एम्नेष्टीले अनुसन्धानमा संलग्न पदाधिकारी, सरकारी वकिल र न्यायीक निकायका पदाधिकारीसँग छलफल नभएको भन्दै प्रहरीले भनेको छ, ‘एकतर्फीरुपमा पूर्वाग्रही प्रतिवेदन तर्जुमागरी सार्वजनिक गरेको पाइएको छ ।’

प्रचलित कानुन बमोजिम बैज्ञानिक एवं प्रमाणमुखी अनुसन्धान गर्ने प्रहरीको काम कारबाही तथा अभियानलाई प्रभावित तुल्याउने गरी प्रतिवेदन सार्वजनिक गर्नु दुःखद रहेको प्रहरी प्रधान कार्यालयको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।

टीकापुर वारदातमा संलग्न ब्यक्तिलाई पर्याप्त सबुद प्रमाणको आधारमा कानुन बमोजिम पक्राउगरी अनुसन्धान तहकिकात सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको हो, प्रहरी प्रवक्ता माधव जोशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख    छ ।

अनुसन्धान तहकिकातको क्रममा यथासम्भव बैज्ञानिक संशाधनको प्रयोग गरी अनुसन्धानको काम सम्पन्न गरिएको हो । थुनछेकको आदेश हुंदा समुख प्रमाणको आधारमा अदालतबाट प्रतिवादीहरुलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश आएको दावी गर्दै विज्ञप्तीमा प्रतिवादीहरुले जिल्ला सरकारी वकिलको कार्यालय र कैलाली जिल्ला अदालत समक्ष बयान गर्दा प्रतिवेदनमा उल्लेख भएजस्तो कुनैपनि बलजफ्ती वा यातना सम्बन्धी उल्लेख नगरेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया