थरुहट संघर्ष समितिले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार घेर्ने


Tharuhat

काठमाडौं, साउन १३ गते । यसअघि सरकारसँग भएको सहमति सम्झौता कार्यान्वयन नभएको भन्दै थरुहट थारुवान संयुक्त संघर्ष समितिको आयोजनामा थारु समुदायले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने भएको छ ।

समितिको केन्द्रीय आन्दोलन कमिटीले लालटिन, प्लेकार्ड र व्यानरसहित दिउँसो १२ देखि १ बजेसम्म बालुवाटार घेराउ गर्ने बताएको छ । यसअघि संघर्ष समितिले सिंहदरवार घेराउ गरेको थियो । लामो समयसम्म नयाँ बानेश्वरको संसदभवन अगाडि प्लेकार्ड र लालटिन लुलुश प्रदर्शन गरेको समितिले पूर्व निर्धारित कार्यक्रमअनुसार बालुवाटार घेराउ गर्नलागेको उपत्यका समितिका संयोजक सत्यनारायण चौधरीले बताउनुभयो ।

2

थारु समुदायको बसोबास रहेको जिल्लालाई समेटेर थरुहट प्रदेश कायम गरिनुपर्ने, टीकापुर घटनामा पक्राउ परेकालाई विनासर्त रिहाई गरिनुपर्ने, राज्यको सबै संयन्त्रमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने माग थारुले उठाउँदै आएका छन् ।

घेराउ कार्यक्रमकालागि समितिले उपत्यकामा बसोबास गर्ने थारु समुदाय, विद्यार्थी, कर्मचारी, शिक्षक, संघ संस्थामा कार्यरत प्रतिनिधि तथा थारु कल्याणकारिणीसभाका पदाधिकारी तथा सदस्यहरुलाई आव्हान गरेको छ ।

तपाईको प्रतिक्रिया