जलवायु अनुकूलन गर्ने संघ संस्थालाई पुरस्कारको आवेदन आव्हान


shrestha 1 (1)

लक्की चौधरी
काठमाडौं, साउन १४ गते । जलवायु परिवर्तनले चौतर्फी समस्या पारिरहेको अहिलेको अवस्थामा जलवायु परिवर्तनलाई कमगर्नेखालका जलवायु अनुकुलन कार्यक्रम गर्ने संघ संस्थाकालागि अनुकूलन व्यापकता प्रवद्र्धन पुरस्कारको घोषणा भएको छ ।

बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) को आर्थिक सहयोगमा आइएमसी वल्र्डवाइडको व्यवस्थापनमा सञ्चालित आइडियाज टु इम्प्याक्ट कार्यक्रममार्फत शुरुमा चार देशमा यो पुरस्कारको घोषणा गरिएको हो । विकासोन्मुख देशका लागि जलवायु अनुकुलन कार्यमा नवीनता, नौलो सिर्जना र प्रविधिको अनुसन्धान तथा विकास कार्यमा सो संस्थाले सहयोगको घोषणा गरेको छ ।

अनुकुलन व्यापकता प्रवद्र्धन पुरस्कारका नेपाल संयोजक पुरुषोत्तममान श्रेष्ठकाअनुसार केन्या, घाना, भारत र नेपालमा पहिलो चरणको पुरस्कार कार्यक्रम शुरु गरिएको छ । जलवायुको परिवर्तनको असर नेपालमा पनि व्यापकरुपमा परेकाले त्यसको असर कमगर्नेखालका अनुकुलन कार्यक्रम गर्ने शुरुमा पन्ध्रवटा उत्कृष्ट नेपाली संघ संस्थालाई पुरस्कृत गरिने छ । त्यसकालागि गत वैशाखदेखि असोज १४ सम्म संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

संयोजक श्रेष्ठकाअनुसार अनलाइन र लिखित चिठीमार्फत् आवेदकहरुलाई आवेदनको आव्हान गरिएको छ । अनलाइनमार्फत् आवेदन दिनेले एडाप्टेशन एट स्केल डट ओआरजी मार्फत आवेदन दर्ता गराउन सक्छन् भने लिखित आवेदन गर्ने संघ संस्थाले ललितपुरको मानभवनस्थित कार्यालयमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।

जलवायु अनुकुलन कार्यमा उत्कृष्ट कामगर्ने नेपाली संघ संस्थालाई प्रोत्साहनस्वरुप पहिलो चरणमा एकलाख ५० हजार पाउण्ड बरावरको पुरस्कार प्रदान गरिने छ । संयोजक श्रेष्ठकाअनुसार पहिलो चरणको विजेता संघ संस्थाले दोस्रोचरणका लागिसमेत प्रतिस्पर्धा गर्न पाउने  छन् । दोस्रोचरणमा सो पुरस्कारको राशी करोडौंमा हुने उहाँले बताउनुभयो ।

जलवायु अनुकुलन कार्यमा उत्कृष्ट कामगर्ने नेपाली संघ संस्थालाई प्रोत्साहनस्वरुप पहिलो चरणमा एकलाख ५० हजार पाउण्ड बरावरको पुरस्कार प्रदान गरिने छ । संयोजक श्रेष्ठकाअनुसार पहिलो चरणको विजेता संघ संस्थाले दोस्रोचरणका लागिसमेत प्रतिस्पर्धा गर्न पाउने  छन् । दोस्रोचरणमा सो पुरस्कारको राशी करोडौंमा हुने उहाँले बताउनुभयो ।

नेपालमा कार्यरत संघ संस्थाहरु गैरसरकारी, समुदायमा आधारित संस्था, नागरिक समाज, निजी व्यवसाय र तिनका सञ्जालले समेत आवेदन दिन सक्ने मापदण्ड बनाइएको छ । समावेशी, लैङ्गिकरुपमा संवेदनशील, सीमान्तकृत, जोखिममा रहेका महिला तथा पुरुषलाई विशेष प्राथमिकता दिने नीति संस्थाले लिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

पुरस्कारकालागि आवेदन खुलाभएको तीनमहिने अवधिमा विभिन्न क्षेत्रबाट करिब पाँचदर्जन संघ संस्थाको आवेदन परिसकेको र अझै संयौ आवेदन पर्ने दावी संयोजक श्रेष्ठको छ ।

समुदायमा आधारित वन सहजकर्ता सञ्जाल, नेपाल (कम्पसन, नेपाल) का अध्यक्ष भोला खतिवडाले सरकारीस्तरबाट यस्तो पुरस्कारको व्यवस्था हालसम्म भइनसकेको अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रबाट गरिएको पुरस्कारको घोषणा स्वागतयोग्य भएको बताउनुभयो । जलवायु अनुकुलको क्षेत्रमा कार्यरत नेपालका संघ संस्थाकालागि ठूलो अवसर भएको भन्दै उहाँले यसले सो क्षेत्रमा काम गर्ने संघ संस्थालाई थप उर्जादिने दावी गर्नुभयो ।

अध्यक्ष खतिवडाले यस्ता कार्यक्रमलाई देशव्यापी बनाउन मिडियाले सहजर्ताको भूमिका खेल्नुपर्ने र भविष्यमा सरकारीस्तरबाट यस्तो कार्यक्रमको शुरुवात हुनुपर्ने बताउनुभयो । पुरस्कारबारे जानकारी दिन सो संस्थाले अहिले प्रतिनिधिमूलक देशव्यापी कार्यक्रम गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया