कांग्रेसको राष्ट्रिय सहमतिको सरकारबारे दृष्टिकोण के होः प्रम ओली


Prachanda-kp-oli

काठमाडौं, साउन १५ गते । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग सहमतीय सरकार गठनको विषयमा छलफल गर्नुभएको थियो । राष्ट्रपतिले दिनुभएको सातदिनको समयसमीमा सकिन लागेकाले सो विषयमा छलफलका लागि अध्यक्ष दाहाल बालुवाटार पुग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारकाबारेमा तपाईको दल र तपाईसँग सहकार्य गर्न खोज्ने नेपाली कांग्रेसको धारणा के हो भेटमा जिज्ञासा राख्नुभएको सल्लाहकार दाहालले बताउनुभयो । “प्रधानमन्त्रीले तपाईंलाई समर्थन गर्ने दल नेपाली कांग्रेसको राष्ट्रिय सहमतिको सरकार गठनबारे दृष्टिकोण के हो ? भनी प्रश्न गर्नुभयो” सल्लाहकार दाहालले बताउनुभयो ।

भेटका क्रममा प्रधानमन्त्रीले अध्यक्ष दाहाललाई भन्नुभयो– “के नेपाली कांग्रेस पनि राष्ट्रिय सहमतिको सरकारको गठनको पक्षमा उभिएको हो ?” दाहालले जानकारी दिनुभयो । कांग्रेसले संसदमा र सार्वजनिक रुपमा ठूला राजनीतिकदलहरु कांग्रेस र एमालेसँगै सरकारमा बस्न नमिल्ने धारणा सार्वजनिक गर्दै आएको छ भन्ने विषयमा पनि प्रधानमन्त्री ओलीले दाहालसँग जिज्ञासा गर्नुभएको थियो ।

नेपाली कांग्रेस, माओबादी केन्द्र र मधेसी मोर्चाले छलफल गरी स्थानीय निकायको निर्वाचन चैतमा गर्ने सहमति गरेर हाम्रो पार्टीलाई निर्णय सुनाउन आउने र सहमतिको कुरा गर्ने भनी अध्यक्ष दाहाललाई प्रश्न गर्नुभएको थियो ।

यदि कांग्रेस राष्ट्रिय सहमतिका लागि तयार हो भने सबैभन्दा पहिला उसले आफ्नो धारणा सार्वजनिक रुपमा प्रष्ट्याओस् प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई भन्नुभएको थियो । जवाफमा अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको सरकार गठन हुनसक्ने अवस्था नरहेपनि आफुले धर्म निर्वाह गर्न वार्तामा आएको बताउनु भएको थियो ।

सो अवसरमा अध्यक्ष दाहालले अब बन्ने नयाँ सरकारले वर्तमान सरकारले चीन सरकारसँग गरेका सम्झौताहरुको कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । सोपछि प्रधानमन्त्री ओलीले अब बन्ने सरकारले राष्ट्रिय हितमा काम गरेमा, काठमाण्डौं–तराई जोड्ने द्रुतमार्ग र चीनसँग भएका सहमति र सम्झौतालगायतका राष्ट्रिय हितका काम कार्वाही अगाडि बढाएमा एमालेले सहयोग गर्ने बताउनुभएको सल्लाहकार दाहालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस, माओबादी केन्द्र र मधेसी मोर्चाले छलफल गरी स्थानीय निकायको निर्वाचन चैतमा गर्ने सहमति गरेर हाम्रो पार्टीलाई निर्णय सुनाउन आउने र सहमतिको कुरा गर्ने भनी अध्यक्ष दाहाललाई प्रश्न गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले अब बन्ने प्रधानमन्त्री चैतमा फेरिने र चैत्रमा नै निर्वाचन गर्ने कुरामा संगति नमिलेकोले निर्वाचन नै नगराउने षडयन्त्र त हैन आशंका व्यक्त गर्नुभएको सल्लाहकार दाहालले बताउनुभयो ।

भेटवार्तामा प्रधानमन्त्रीका साथै उपप्रधानमन्त्री भीम रावल, नेकपमा एमाले संसदीयदलका उपनेता सुभाषचन्द्र नेम्वाङ, नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रमुख सचेतक भानुभक्त ढकाल, नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको समेत सहभागिता थियो ।

तपाईको प्रतिक्रिया