घरवहाल सम्बन्धी ऐन जारीगर्न महासंघको सरकारसँग माग


ghar bada sarokar wala maha sangh news

काठमाडौं, साउन १६ गते । घरवहाल सरोकार महासंघ नेपालले घरवहालसम्बन्धी राष्ट्रिय ऐन जारी गर्नुपर्ने माग गरेको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले घरधनी तथा वहालवालाहरुको सुरक्षाको लागि पनि सरकारले राष्ट्रिय ऐन यथाशीघ्र जारी गर्नुपर्ने माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष शंकर कोइरालाले भने, ‘बहाल क्षेत्रमा देखिएका विविध समस्याहरुलाई न्युनिकरण तथा समाधान गर्नुपर्छ, यसको लागि सरकारले विशेष पहल गरोस्, घरवहाल ऐन जारी भयो भने यसले दुवै पक्षको हित गर्छ र सूरक्षाको प्रत्याभूति हुन्छ ।’

घरभाडा सम्बन्धी ऐन नभएकाले घरबेटीहरुले मनपरी भाडा असुल्दा सर्वसाधारण लामो समयदेखि मार खेप्दैआएका छन् । काठमाडौंको चोकैपिच्छे घरभाडा शुल्कमा फरक फरक दर भएको र घरमालिकले तोकेअनुसारको भाडा तिर्न बहालवालाहरु बाध्य रहेका छन् ।

त्यस्तै कोइरालाले घरवहाल क्षेत्रलाई व्यवस्थित् गर्नका लागि सरकारद्वारा कानुनी दायरामा राखि घरबहाल क्षेत्रलाई दर्ता गरी घरवहाल कर घरधनीद्वारा राज्यलाई बुझाउनुपर्ने नीतिलाई अगाडि सार्न माग गरे ।

उनले २०७३ असार ७ गते घरवहाल सरोकार महासंघ गठन भएको र देशव्यापी रुपमा संगठन विस्तार गर्ने समेत जानकारी दिए । महासंघले सरकारले जारीगर्ने ऐनमा श्रमिकको सरकारबाट निर्धारण निश्चित आयआर्जका आधारमा घर वा कोठाको अवस्थालाई हेरी भाडादर निश्चित गरिनुपर्ने, तलव वा पारिश्रमिकको वृद्धि व्यवसायिक सफलता वा असफलताको आधारमा मात्र भाडादर वृद्धि गरिनुपर्ने, कोठा तथा घरधनीबाट हुने मनोमानी भाडा बृद्धिलाई तुरुन्त रोकिनुपर्ने, लगायतका २६ बुँदे सुझावहरु अघि सारेको छ ।

घरभाडा सम्बन्धी ऐन नभएकाले घरबेटीहरुले मनपरी भाडा असुल्दा सर्वसाधारण लामो समयदेखि मार खेप्दैआएका छन् । काठमाडौंको चोकैपिच्छे घरभाडा शुल्कमा फरक फरक दर भएको र घरमालिकले तोकेअनुसारको भाडा तिर्न बहालवालाहरु बाध्य रहेका छन् । ती वर्गको समस्या समाधान होस् भनेर महासंघले ऐनको माग गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया