समाजसेवी तथा नेतृ जानकीको निधन, थारु समुदायमा छायो शोक


Janaki

राम दहित
धनगढी, साउन १७ गते । लामो समयदेखि विभिन्न गैरसरकारी संस्थामार्फत गरिबी न्यूनीकरण गरी अर्थिक समृद्धिको पक्षमा अभियान चलाउदै आएकी अभियनता जानकी चौधरीको आइतबार राती निधन भएको छ ।

हाल नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको अध्यक्ष, सिएसएसडि र लुथरन विश्व फेडेरेसनका पूर्व कर्मचारी, सिर्जनशील समाजको सिर्जना (सिसिएस) कैलालीको कार्यसमिति सदस्य र नेपाली काँग्रेसको क्रियाशील सदस्यसमेत रहेकी चौधरीको निधन भएको हो ।

पेट सम्बन्धी रोगको विरामी रहेकी उनको ४७ वर्षको अल्पआयुमा निधनपछि परिवारजन, आफन्त र कार्यरत विभिन्न संघ–संस्थामा शोक छाएको छ ।

Janki1

कैलालीको बौनिया–७ लोहागरकी स्थायी बासिन्दा रहेकी उनी एकदमै मिलनसार व्यक्तित्व तथा सफल महिला नेतृ, समाजसेवी रहेकी  थिइन् । उनी समाजमा व्याप्त गरिवी निवारणको लक्ष्यकासाथ लामो समयदेखि नमस्ते सहकारीमा अवद्ध रहेकी थिइन् ।

उनी नेतृत्व गरेको सहकारीले हाल राम्रो प्रतिफल हासिल गरेको छ । उनको निधनबाट समाज र राष्ट्रलाई अपुरणीय क्षति भएको नमस्ते सहकारीले जनाएको छ । अध्यक्ष चौधरी सांसद बुद्धिसागर चौधरीकी बहिनी हुन् । उनको निधनप्रति विभिन्न संघ संस्था तथा थारु समुदायले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

तपाईको प्रतिक्रिया