कांग्रेस–माओवादीसँग संघीय गठबन्धनको मागमा सहमति बन्न सकेन


Cong-mao-morcha

काठमाडौं, साउन १८ गते । करिब हस्ताक्षरको तयारीमा रहेको मंगलबार दिनभरको वार्तापछि पनि नेपाली कांग्रेस माओवादी र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच सहमति बन्न सकेन ।

नेताहरुका अनुसार वार्ताका क्रममा तीनवटा सहमतिको मस्यौदा समेत बनाइएको थियो । तर, सहमति नभएपछि भोलि हुने प्रधानमन्त्री चुनावमा मधेसी मोर्चाले कांग्रेस माओवादीका प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डलाई मत दिने नदिने अन्यौल कायम भएको छ । तर प्रचण्डको उम्मेदवारीमा मधेसी मोर्चाका तीन नेता आफैं समर्थक बसेका छन् ।

मोर्चाका नेताहरु सहमतिमा प्रदेशको सीमा र संख्या हेरफेर गर्ने उल्लेख गर्नु पर्ने माग राखे । तर, कांग्रेस र माओवादी नेताहरु सहमत   भएनन् ।

सहमतिको प्रस्तावको पहिलो बुँदामा नै ‘राजनीतिक सहमतिका आधारमा प्रदेशको सीमांकन, महिलाको वैवाहिक अंगिकृत नागरिकता सरलतापूर्वक प्राप्त गर्नसक्ने व्यवस्था र राष्ट्रिय सभाको बनौट र समानुपातिक समावेशीता लगायतका विषय सम्बोधन गर्न नेपालको संविधाानमा आवश्यक संशोधन गरी संविधानको सर्वस्वीकार्यताको वातावरण बनाउने । यसका लागि आगामी सरकारको गठन पश्चात संवाद गरी सरकारले संविधान संशोधन विधेपष्क संसदमा प्रस्तुत गर्ने’ उल्लेख थियो ।

मोर्चाका नेताहरु सहमतिमा प्रदेशको सीमा र संख्या हेरफेर गर्ने उल्लेख गर्नु पर्ने माग राखे । तर, कांग्रेस र माओवादी नेताहरु सहमत   भएनन् । त्यसको विकल्पमा मोर्चाका नेताहरु आफूहरुले उठाएको ११ र २६ बुँदेलाई उल्लेख गर्नुपर्ने भनेपछि फेरि शीर्ष तहमै छलफल गर्नु पर्ने देखियो।

मोर्चाको दुईबुँदे प्रस्ताव
शीर्षतहमा सम्वाद हुन नसकेपछि मधेसी मोर्चासहित संघीय गठवन्धनका नेताहरु असन्तुष्ट बनेका छन् । माओवादी र कांग्रेसले कतै आफूलाई वेवास्ता गर्न खोजेको त होइन भन्ने शंका उनीहरुको छ ।

मोर्चाका नेताहरुले त्यहाँ नै दुईबुँदे प्रस्ताव तयार पारे । जसको पहिलोबुँदामा नै मोर्चाको ११ र गठवन्धनको २६ बुँदे मागका आधारमा संविधान संशोधन गर्ने र दोस्रोबुँदामा घाइतेको उपचार खर्च, सहित घोषणा लगायतका विषय राखिएको थियो ।

मोर्चाका एक नेताले भने, एक मात्र उम्मेदवारी परेपछि उहाँहरुको बडी ल्याङ्गोइज चेन्ज भएको छ । अब सहमति हुने नहुने स्थितिबारे अहिले नै भन्न सकिन्न । गठबन्धनसँग भोलि विहान पुनः कांग्रेस र माओवादीले छलफल गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया