तीनबुंदे कार्यान्वयन नभए प्रचण्डको सरकार हिउँद काट्दैनः नेता श्रेष्ठ


Rajendra

काठमाडौं, साउन २० गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्मिलित संघीय गठबन्धन र सत्ताघटक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको तीनबुँदे सहमति कार्यान्वयन नभए प्रचण्ड नेतृत्वको सरकारले हिउँद नकाट्ने संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले चेतावनी दिनुभएको छ ।

आन्दोलनरत गठबन्धनका मागहरू सरकारले इमान्दारितापूर्वक सम्बोधन र कार्यान्वयन नगरिए ओली सरकारकै हालत हुने श्रेष्ठको चेतावनी छ । ‘तीन बुँदे सहमतिको १ नम्बर बुँदामा संविधान संशोधनसँग सम्बन्धित विषयहरूमध्ये मोर्चाको ११ बुँदे र गठबन्धनको २६ बुँदे गरी दुबैको तर्फबाट सरकार समक्ष प्रस्तुत गरिएका मागहरू छन्,’ ।

तीनबुँदे सहमति गराउन महत्वपूर्ण भूमिका खेलेका नेता श्रेष्ठले ‘एक गैर भौगोलिक प्रदेशसहित पहिचानयुक्त १० प्रदेश, राजनीतिक इकाईको रुपमा विशेष संरचना, समानुपातिक समावेशी, बहुभाषिक नीति, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, वैवाहिक नागरिकता, संघीय न्यायपालिका आदि विषयहरूमा आपसी सहमतिको आधारमा संसदमा संशोधन विधयक प्रस्तुत गर्ने सहमति भएको छ ।’

‘यो सहमतिले सरकारकोतर्फबाट संघीय गठबन्धनलाई ‘रिकगनाइज्ड’ गरेको छ, यसैको आधारमा थप लड्ने हो र वैधानिक आधार तयभएको छ,’ तीनबुँदे सहमति त अलिक अमूर्त–अमूर्त भयो नि भन्ने जिज्ञासामा कार्यदलका सदस्य समेत रहेका नेता श्रेष्ठले भन्नुभयोे, ‘हाम्रा मागहरू जीवितै छन्, पुरा भएका छैनन् । अब मागहरू कार्यान्वयनको प्रक्रियामा गएको छ । आन्दोलन जारी नै छ । स्वरुप अलि बद्लिएको मात्र हो ।’

कांग्रेस, माओवादीसँगको सहमतिअनुसार संघीय गठबन्धनले प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डलाई मत दिएर तीन बुँदेको ३ नम्बर बुँदा कार्यान्वयन भइसकेकोले अब बाँकी १ र २ नम्बर बुँदा कार्यान्वयन गर्ने प्रमुख दायित्व सरकारको भएको नेता श्रेष्ठले बताउनुभयो ।

घोषित संविधानमा अल्पसंख्यक आदिवासी जनजातिहरूका लागि विशेष संरचनाअन्तर्गतको स्वायत्त क्षेत्र आर्थिक ‘जोन’को रुपमा मात्रै कमजोर परिकल्पना गरिएको श्रेष्ठले भन्नुभयो, ‘अहिलेको सहमतिमा विशेष सराजनीतिक इकाईकै रुपमा हुनुपर्ने र सोही बमोजिम समझदारी बनेको बताउनुभयो ।

सहमतिको वातावरण बनाउन प्रभावकारी भूमिका खेलेका नेता श्रेष्ठले सहमति कार्यान्वयन गराउनु आन्दोलनरत दलहरूका लागि ठूलो चुनौती बाँकी नै रहेको बताए, ‘हाम्रा मागहरू पुरा नभएसम्म हामी आन्दोलनमै छौं र रहनुपर्छ, अहिले हामीले एक पाइला अगाडि सरेका मात्र हौं ।’

कांग्रेस, माओवादीसँगको सहमतिअनुसार संघीय गठबन्धनले प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डलाई मत दिएर तीन बुँदेको ३ नम्बर बुँदा कार्यान्वयन भइसकेकोले अब बाँकी १ र २ नम्बर बुँदा कार्यान्वयन गर्ने प्रमुख दायित्व सरकारको भएको नेता श्रेष्ठले बताउनुभयो ।

गत वैशाखदेखि उपत्यकाकेन्द्रित आन्दोलनरत गठबन्धन, लामो समय तराई–मधेसमा आन्दोलन गरेको मधेसी मोर्चा र कांगे्रस–माओवादीबीच बुधबार बिहान संसद भवनमा सहमति बनेको थियो ।

तपाईको प्रतिक्रिया