प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भान्साबाट भाँडाकुडा चोरी


Kitchen

काठमाडौं, साउन २१ गते । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट सर्नुभएपछि खाली भएको प्रधानमन्त्री निवास बालुवाटारमा भान्साका सामानहरु एकाएक गायब भएका छन् ।

प्रधानमन्त्री ओलीको बहिर्गमनलगत्तै प्रधानमन्त्रीको भान्साका सामानहरु कर्मचारीहरुले घर घरमा लगेको हुनसक्ने अनुमान त्यहाँकै केही कर्मचारीले गरिएका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरुले निवास छाड्दा यसरी सामानहरु चोरी हुने र हराउने गरेको पुरानै रोग हो । अहिलेको घटना पहिलो होइन । विगतमा पनि यसैगरी सामानहरु हराउने गरेका थिए ।

प्रधानमन्त्री र मन्त्रीहरुले निवास छाड्दा यसरी सामानहरु चोरी हुने र हराउने गरेको पुरानै रोग हो । अहिलेको घटना पहिलो होइन । विगतमा पनि यसैगरी सामानहरु हराउने गरेका थिए ।

प्रधानमन्त्रीहरु बसाई सर्ने भएपछि भान्साका सामानहरु हेर्ने प्रमुख जिम्मेवारी लिएकाहरुको लापरवाही हुने र कर्मचारीहरु नै मिलीजुली सामानहरु गायब गर्नेगरेको बुझिन्छ । बालुवाटारबाटै सामानहरु हराउन थालेपछि सुरक्षाका जिम्मेवारी लिनेहरुको पनि मनोबल घटेको छ ।

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरवारस्थित मन्त्रालयबाट पनि नगद रुपिया र ल्यापटप सामानहरु बेलाबेला हराउने गरेका छन् । सुरक्षाले चारैतिरबाट घेरिएको ठाउँमा त यस्तो चोरी हुन्छ भने अरु ठाउँलाई कसरी सुरक्षित गर्ने ? आम चासोको विषय हो ।

तपाईको प्रतिक्रिया