टीकापुर घटनामा ज्यानगुमाएका बालकलाई शहिद घोषणाको माग


Tek saud

धनगढी, साउन २४ गते । अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन परिचालन समितिले टीकापुर घटनामा ज्यान गुमाएका अढाई वर्षीय बालक टेकबहादुर साउदलाई सहिद घोषणा गर्न माग गरेको छ ।

आन्दोलन परिचालन समितिद्वारा कैलाली जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पेस गरिएको ज्ञापनपत्रमा टीकापुर घटनामा ज्यान गुमाएका सबै प्रहरीका परिवारलाई रोजगारी दिनुपर्ने मागसमेत गरिएको छ ।

आन्दोलन परिचालन समितिद्वारा कैलाली जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पेस गरिएको ज्ञापनपत्रमा टीकापुर घटनामा ज्यान गुमाएका सबै प्रहरीका परिवारलाई रोजगारी दिनुपर्ने मागसमेत गरिएको छ ।

समितिका संयोजक गोपाल देउवासहितका पदाधिकारीले पेस गरेको ज्ञापनमा हिंसात्मक उक्त घटनाका दोषीलाई उन्मुक्ति नदिनसमेत माग गरिएको छ । सरकारले मधेस आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेपछि समितिले यस्तो माग गरेको हो ।

गत वर्ष भदौ ७ गते भएको टीकापुर घटनामा परी एक वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रासस

तपाईको प्रतिक्रिया